तीतो करेला स्वास्थ्यका लागि लाभदायक 

Byदोर्ण के.सी.

२९ भाद्र २०८०, शुक्रबार १५:३१ २९ भाद्र २०८०, शुक्रबार १५:३१ २९ भाद्र २०८०, शुक्रबार १५:३१

खाँदा तीतो भए पनि तिते करेला स्वास्थ्यका लागि अति लाभदायक भएको स्वास्थ्य विज्ञहरूले बताएकाछन् । करेलाका केही फाइदा यस्ता छन ः
– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पु¥याउँछ ।

– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।

– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

– कलेजो सम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।

– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।

– करेला खाने गर्नाले रगत सफा हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।

– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ । स्वास्थ्यखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds