काठमाडौ
२२ कार्तिक /राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका छन।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौैमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सहि ढंगले हुन नसक्दा जनतामा दलहरुप्रति निराशा छाएको भन्दै संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका हुन ।

उनले सरकारले संविधानअनुसारका कानुन बनाउन बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन। बनाउनुपर्ने कानुनको सरकारी विधेयक आउन नसकेको र गैरसरकारी विधेयक आउने वातावरण नै नरहेको उनको भनाइ छ । उनले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको धारणा राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds