
लक्ष्मण बस्नेत
कार्तिक २२ दाङ ।
पश्चिम दाङको बबई गाउँपालिकामा संचालित बबई टि–२० कप क्रीकेटको उपाधी गुरुकुल एकाडेमी घोराहीले जितेको छ ।
दाङ जिल्ला क्रीकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रीकेट क्लबको आयोजनामा पश्चिम दाङको बबई गाउँपालिका ३ हंसपुर क्रीकेट मैदानमा आज सम्पन्न फाईनल खेलमा पुरन्धारा च्यालेन्जर्सलाई ४३ रनले पराजित गर्दै गुरुकुलले उपाधी जितेको हो । उपाधी संगै उसले नगद ५० हजार कप,मेडल प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजित पुरन्धारा च्यालेन्जर्स उपबिजेतामा सिमित रहदै नगद २५ हजार,कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
टस जित्दै पहिला ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभरको खेलमा आफ्नो ८ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । गुरुकुलका लागि राजकुमार शाहले सर्वाधिक ३८रनको योगदान दिए। त्यस्तै वसिर अहमदले २४, आवाज गौतमले १२ र करण घर्तीमगरले नटआउट १० रन बनाए ।
बलिङ तर्फ पुन्धाराका कप्तान मोहन खत्रीले ३ विकेट लिए । त्यस्तै कृष्ण कार्की, सुजल वलि, हरिस केसि र सुदिप नेपालीले समान १(१ विकेट लिए । जवाफी ११४ रनको लक्ष्य पछाएको पुरन्धारा १८।२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्र ७० रन बनायो । पुन्धाराका लागि सुदिप नेपालीले सर्वाधिक २१ रन बनाए । त्यस्तै बिपिन रावलले १७रन बनाए ।
बलिङमा पुरन्धारालाई सस्तैमा रोक्न गुरुकुलका आवाज गौतमले र वीर बहादुर घर्ती मगरले समान ३(३ विकेट लिए । त्यस्तै राज कुमार शाह र वसिर अहमदले २(२ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच आफ्नो अल राउन्ड पर्दर्शनले टिमलाई बिजेता बनाउन सहयोग गर्ने आवाज गौतम भए । उनले नगद रुपैया एक हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरन्धाराका कृष्ण कार्की भए । उनले नगद रुपैया आठ हजार प्राप्त गरे । त्यस्तै वेष्ट बलर पुरन्धाराका कप्तान मोहन खत्री, बेस्ट ब्याट्सम्यान गुरुकुलका वसिर अहमद भए । दुबै जनाले नगद पाँच पाँच हजार प्राप्त गरे । त्यस्तै राईजिङ प्लेयर पुरन्धाराका प्रीन्स थापा भए । उनले नगद एक हजार पाँच सय रुपैयाँ हात पारे । त्यस्तै प्रतियोगिताको फेयर प्ले अवार्ड टिमको रुपमा घोराही क्रीकेट एकाडेमी रह्यो । ५ दिन सम्म संचालित प्रतियोगीतामा ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह आयोजक पुरन्धारा क्रीकेट क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीको सभापतित्व तथा बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश क्रीकेट संघका सचीव कैलाश रोका मगरको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रमको संचालन क्लबका सचीव टोपेन्द्र थापाले गरेका थिए ।
