जाजरकोट भूकम्पमा ९३७ घरमा पूर्ण क्षति, २ हजार वढि घरमा आंशिक

Byदोर्ण के.सी.

१९ कार्तिक २०८०, आईतवार १५:०४ १९ कार्तिक २०८०, आईतवार १५:०४ १९ कार्तिक २०८०, आईतवार १५:०४

दाङ, १९ कार्तिक ।
गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २ हजार ९ सय ५४ वटा घरमा आंशिक क्षति भएको छ । त्यस मध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन । त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ ।सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १र१ घर क्षतिग्रस्त भएका छन् । यस्तै दैलेख र बैतडीमा १र१ घर क्षतिग्रस्त भएका छन् । गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ ।यस्तै घाइते २५६ जनामध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३र३ जना घाइते भएका छन् । क्षतिको विवरण संकलन भइरहेकाले यो क्षतिग्रस्त संरचनाको संख्या अझै बढ्न सक्ने मन्त्रालयको भनाइ छ ।सरकारले उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलका ४८५ जना, नेपाल प्रहरीका ८७४ जना र नेपाली सेनाका २०२ जना परितालन गरिएका छन् । गृहमन्त्रालयले जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds