लुम्बिनी प्रदेश सरकारले पठायो औषधि सहित स्वास्थ्यकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा

Byदोर्ण के.सी.

१८ कार्तिक २०८०, शनिबार १५:१६ १८ कार्तिक २०८०, शनिबार १५:१६ १८ कार्तिक २०८०, शनिबार १५:१६

दाङ, १८ कात्तिक । जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेको निर्देशनमा स्वास्थ्यकर्मी सहितको टोली पठाएको हो । भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको आवश्यकता बढिरहेकोले लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशनमा दाङको तुलसीपुरबाट स्वास्थ्यकर्मी र औषधि सहितको टोली सो क्षेत्रमा हिँडेको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफ केयर अस्पताल, र तुलसीपुर सिटी अस्पतालबाट २० जना स्वास्थ्यकर्मी र औषधि सहितको टोली जाजरकोट र रुकुमतर्फ हिँडेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds