
दाङ, १८ कात्तिक । जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेको निर्देशनमा स्वास्थ्यकर्मी सहितको टोली पठाएको हो । भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको आवश्यकता बढिरहेकोले लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशनमा दाङको तुलसीपुरबाट स्वास्थ्यकर्मी र औषधि सहितको टोली सो क्षेत्रमा हिँडेको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफ केयर अस्पताल, र तुलसीपुर सिटी अस्पतालबाट २० जना स्वास्थ्यकर्मी र औषधि सहितको टोली जाजरकोट र रुकुमतर्फ हिँडेको हो।
