नेपाली सेनाद्वारा जाजरकोटमा घाईतेको उद्धार कार्य जारी

Byदोर्ण के.सी.

१८ कार्तिक २०८०, शनिबार १५:०७ १८ कार्तिक २०८०, शनिबार १५:०७ १८ कार्तिक २०८०, शनिबार १५:०७

तुलसीपुर १८ कार्त्तिक । नेपाली सेनाले जाजरकोट भूकम्प लगत्तै स्थान विशेषमा तैनाथ युनिटहरू परिचालित भई प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ । जिल्ला आसपासका युनिटहरूबाट समेत थप फौज खटिई खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाका प्रवक्‍ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएकाछन् । परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा रहेका घाइतेहरूको उद्धार, मृतकहरूको शव भग्नावशेषबाट निकाल्न सहयोग, घाइतेहरूलाई जिल्ला अस्पताल तथा अन्य प्राथमिक उपचार केन्द्रमा पुर्याउन सहयोग गर्नुका साथै नेपाली सेनाको हवाई साधनद्वारा जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारको लागि नेपालगन्ज तथा सुर्खेत पुर्यायएको छ ।वीरेन्द्र अस्पताल

तथा सुर्खेत र नेपालगन्जमा रहेका मेडिकल युनिटहरूबाट खटिएको मेडिकल टोलीले स्थान विशेषमा सामान्य घाइतेहरूको उपचार गर्नुको साथै जटिल प्रकृतिका घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि नेपालगन्ज तथा सुर्खेत पठाएको छ । प्राथमिक उपचार पश्चात् सामान्य अवस्थाका बिरामीहरू उपचार केन्द्रहरूबाट फर्कने क्रम समेत जारी रहेको छ । नेपाली सेनाका विभिन्न मेडिकल टिम सहित भूकम्प पश्चातको खोज र उद्धार कार्यमा करिब ३ ९तीन० बटालियन फौज परिचालित छन् । नेपाली सेनाको ५ वटा हवाई साधनहरू निरन्तर घाइते तथा बिरामीहरूको उद्धार तथा राहत सामग्री ढुवानी कार्यमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds