जाजरकोट केन्द्रबिन्दु भएर देशभरी भूकम्पको धक्का

Byदोर्ण के.सी.

१७ कार्तिक २०८०, शुक्रबार १९:११ १७ कार्तिक २०८०, शुक्रबार १९:११ १७ कार्तिक २०८०, शुक्रबार १९:११

दाङ । देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४७ मिनेटको आसपासमा भूकम्प महसुस भएको हो । भारतीय सञ्चारमाध्यम आजतकले ६।४ रेक्टर स्केलको भूकम्प महसुस गरिएको उल्लेख गरेको छ । यता राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताएका छन् । जाजरकोटलाई केन्द्र बनाएर ६।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका हुन्् ।काठमाडौ‌का साथै भूकम्पको धक्का पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढ्ता महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताउँदै भुकम्पो धक्का पुन जान सक्ने सम्भाबना भएकोले सबैमा सर्तक रहन पनि आग्रह गरेका छन् । अहिलेसम्म क्षतिको विवरण भने आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds