मौलिक लोक कला संरक्षणमा जोड दिदै कपुरकोट गाउँपालिका

Byदोर्ण के.सी.

१६ कार्तिक २०८०, बिहीबार १६:३३ १६ कार्तिक २०८०, बिहीबार १६:३३ १६ कार्तिक २०८०, बिहीबार १६:३३

सल्यान १६ कार्तिक । पछिल्लो समयमा आएर परम्परागत रुपमा चलन चल्तीमा रहेका मौलिक लोक कला संस्कृति दिनानुदिन लोप भइरहेको अवस्थामा सल्यानको कपुरकोट गाउँपालिकाले संरक्षण र सवद्र्धनमा जोड दिएको छ । गाउँपालिकाभित्र रहेका पुराना लोक संस्कृति पैंसेरी, सोरठी, झ्यांगा, साइलो जी, ठाडो भाका लगायतका लोक संस्कृति हराउँदै जान थालेको अवस्थामा गाउँपालिकाले लोक संस्कृति संरक्षणमा जोड दिएको हो । एकातिर संस्कृति हराउँदै गएको र अर्कोतर्फ नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण नहँुदा लोप हुन थालेकाले संस्कृतिको संरक्षण गर्ने र पुस्तान्तरण गर्ने कार्यमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले एक कार्यक्रमका बिच बताएका छन्। ‘कपुरकोट गाउँपालिका लोक संस्कृतिमा धनी छ, यहाँ पुराना थुप्रै लोक संस्कृति छन् तर ती संस्कृतिको पहिचान र पुस्तारन्तरण हुन सकेको छैन’– उनले भनेका छन् । ‘संस्कृतिको संरक्षण गर्ने दायित्व पालिकाको भएकाले हामीहरू पनि निरन्तर रूपमा लागिरहेका छौं उनले भनेका थिए ।’गाउँघरका ज्येष्ठ नागरिकहरुमा मात्र सिमित बनेका संस्कृति जर्गेनातिर स्थानीय सरकारले ध्यान केन्द्रित गरेको कार्यक्रममाउनको भनाइ रहेको थियो । उनी अगाडि भन्छन् ‘पुरानो पुस्तासँगै पुराना संस्कृति पनि सकिने हो कि भन्ने

चिन्ता छ, मेला, पर्व र सार्वजनिक उत्सवमा नाचिने नाचहरु हराउँदै गएका छन्, आधुनिक गीत÷संगीत र प्रविधिका कारण युवापुस्ता संस्कृति संरक्षणबाट टाढा हुँदै गएका छन्’ त्यसैले ‘लोक संस्कृति बचाउन मौलिक लोक कला प्रदर्शनी गरेका हौं ।’पुराना लोक संस्कृतिको सरक्षण एवं प्रवद्र्धन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएकाले संरक्षणमा लागिपरेको अध्यक्ष पुनको भनाइ थियो । ‘मौलिक संस्कृति हाम्रा चिनारी हुन्, संरक्षणका लागि पालिकाले कपुरकोट कला साहित्य संरक्षण समिति नै बनाएको छ’, गाउँपालिकाभित्रका सबै वडा लोक कला र संस्कृतिले भरिपुर्ण रहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले लोक कला संस्कृतिको संरक्षणका लागि पालिका स्तरीय पुराना सोरठी, पंैसरी लगायतका नाच प्रदर्शन गरिएको बताएका थिए । पुरानो पुस्ताले युवालाई संस्कृति हस्तान्तरण गर्न खोजे पनि अनिच्छुक हुँदा समस्या भएको हो, बेरोजगारीका कारण अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले पनि सीप सिक्ने इच्छा देखाउँदैनन्’– उनले भने । ‘संस्कृतिको संरक्षणका लागि भनेर सबै वडाको नाच प्रदर्शन गरिएको हो ।’ उनले गाउँपालिकाका छवटै वडामा संरक्षण गरेर राखिएको पुराना लोक संस्कृतिको कालिका माध्यमिक विद्यालय कपुरकोटमा प्रदर्शन गरिएको बताएका थिए । ‘स्थानीयको उत्साहजनक सहभागिता थियो, सिक्ने र सिकाउने कार्यको भर्खर थालनी गरेका छौं’– उनले भने । ‘केही

युवापुस्तामा संस्कृति बचाउनुपर्छ भन्ने सोच पलाएको छ, केही लाग्नु पनि भएको छ ।’ वरिष्ठ लोक गायक तथा बाध्यवादक खर्कबहादुर बुढाले पुराना लोक कला संस्कृतिको लिपिवद्ध नगरेसम्म संरक्षण गर्न गाह्रो हुने बताएका थिए । ‘पुराना लोक संस्कृतिको लिपिवद्ध गर्न आवश्यक छ, अहिलेसम्म पुराना केही पुस्ताले सोरठी गीत गाउछन्, तर पछिल्लो पुस्ताले जानेका छैनन्, त्यसैले गीत लेखेर लिपिवद्ध गर्नुपर्छ’– उनले भनेका थिए । ‘गीत बुझ्यो भने पनि नगाउन जान्ने हो, त्यही भएर यसमा सबैले चासो दिनुपर्छ ।’ लोक कला संस्कृतिको संरक्षणमा पालिकाले गरेको कार्य प्रशंसायोग्य रहेको उनले बताएका थिए ।

कपुरकोट गाउँपालिका–५ रिमका मंगलसिंह सुनारले लोक कला संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले गरेको काम राम्रो भएको बताएका थिए । ‘पहिले हामीले सोरठी नाच्थ्यौं, तर बीचमा सोरठी नाच्ने नै मान्छे पुगेनन्, गाउँमा कोही भएनन्, केही वर्ष हामीले सोरठी नाच्न छोड्यांै, अहिले फेरि शुरुवात गरेका छौं, जतिसक्दो चाँडो पुस्तान्तरण गर्ने सोच बनाएका छौं’– उनले भने । सो अवसरमा झण्डै एक दर्जन लहरे, सोरठी लगायतका नाच प्रर्दशन गरिएको थियो । कार्यक्रममा सहभागी सबै नाचलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा एकल लोक गीत र एकल नृत्य प्रतियोगिता राखिएको थियो । एकल लोक गीतममा अनिता पुन प्रथम, पार्वती पुन द्वितीय, दिलमाया घर्ती तृतीय र दिलकुमारी विक सान्त्वना भएका थिए भने एकल नृत्यमा यमुना पुन प्रथम, सिम्रन आरसी द्वितीय, रिता घर्ती तृतीय र भावना बोहरा सान्त्वना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds