लक्ष्मण बस्नेत
कार्तिक १६ तुलसीपुर ।
दाङ तुलसीपुरको उरहरीमा बिहिबारदेखि तुलसीपुर नगर स्तरीय वडा अध्यक्ष कप टि–२० क्रीकेट प्रतियोगिता २०८० सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका वडा न ११ आयोजनामा अमर माबी उरहरी खेल मैदानमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले राष्ट्रको सान र गौरव जोडिएको खेल क्षेत्र सिङ्गो राष्ट्रको पहिचान भएको बताएका थिए।
खेलकुद क्षेत्र राष्ट्रको पहिचान स्थापित गराउने एक दरिलो माध्यम हो यसको गरिमा लाई सदैव उच्च राख्न नितान्त आवश्यक छ उनले भनेका थिए । साथै उनले क्रीकेट प्रती युवाहरुको आकर्षण बढाउन स्थानीय स्तरका गतिबिधिलाई प्राथमिकतामा राखिएको बबताउँदै तुलसीपुर क्षेत्रका खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउने गरी दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको समेत उने बताएका थिए । उपमेयर स्यानी चौधरीले वडा स्तरमा हुने खेल गतिबिधिले खेलाडी उत्पादन गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बबताउँदै खेलाडीलाई अनुशासनको उच्च पालना गरेर खेल खेल्न आग्रह गरेकी थिईन ।

प्रतियोगिताको उद्घाटन समारोह तुलसीपुर उपमहानगरपालिका वडा न ११ अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्य एवं उपमेयर स्यानी चौधरीको बिशिस्ट आतिथ्यमा भएको हो । वडा न ११ का सदस्य प्रभा परियारको स्वागत रहेको कार्यक्रमको संचालन वडा न ११ का सचिव पदम अधिकारीले गरेका थिए। यसैबिच प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलमा वडा न ११ र १२ बिजयी भएका छन् । वडा न ११ ले आफ्नो उद्घाटन खेलमा वडा न १७ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । तस्तै वडा न १२ ले वडा न ८ लाई १४ रनले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । यसैबिच प्रतियोगिता अन्तरगत भोलि बिहान पहिलो खेलमा वडा न ११ बि र वडा न ७ भिड्नेछन् ।त्यस्तै दोस्रो खेलमा वडा न १४ र वडा न १ भिड्ने आयोजकले जानकारी दिएकोछ ।
प्रतियोगिताको बिजेता, उपबिजेताले क्रमशः नगद २५ र १५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । कार्तिक २० गते सम्म संचालन हुने प्रतियोगितामा तुलसिपुर नगरका ११ टिमको सहभागीता रहेकोछ ।

