कृष्ण के.सी.
दाङ,१५ कार्तिक
राप्ती बबई क्याम्पस तुलसीपुरमा चार विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा बुधबार ताला लगाएका छन् । कुनै सुचना विना खेल शिक्षक राजनीतिक पावरका कारण अनियमीत ढङ्गले नियुक्त गर्न लागेको भन्दै चार विद्यार्थी संगठनले सयुक्त रुपमा ताला लगाएका हुन् । राप्ती बबई क्याम्प अनेरास्ववियुका अध्यक्ष प्रदिप बस्नेतले सधै विद्यार्थीको हित बिपरित आफ्नो मनमर्जी अनुसार विद्यार्थी माथी लात हान्दै क्याम्पस प्रशासन चलिरहेको तर अब आफुहरुले विद्यार्थी माथी लात हान्न नदिने समेत बताएका थए । यस्तै अनेरास्ववियू (एस) का अध्यक्ष केशव पुनले आम विद्यार्थीहरुको हितविपरीत आफ्नो ब्यतिगत आवश्यकता परिपुर्ति गर्नको लागि अबैधानी रुपमा कुनै शीर्षक बिना नै खेलकुद शिक्षक नाम दिएर जबर्जस्ति तरिकाले अझ अहिले क्याम्पको आर्थिक खस्केको, क्याम्पसले आर्थिक भार थाम्न नसक्ने अबस्थामा खेलकुद शिक्षक नराक्न पट्क पट्क क्याम्पस प्रसारण लाई जानकारि गरायको तर उक्त कुरालाइ बेवास्ता गर्दै जबर्जस्ति खेल शिक्षक नियुत्त गर्न खोजेकोले चार

संगठन विद्यार्थीहरूले ताला लगाउनु परेको बताएका थिए । यस्तै अखिल ९क्रान्तिकारीका अध्यक्ष भुपेस खत्रीले विद्यार्थीको इच्छा बिपरीत हुन्ने कुनैपनि कार्य आफुहरुलाई सहिए नहुने र तत्काल शिक्षक नियुक्त गर्ने प्रक्रिया लाई रोक्नु पर्ने बताएका थिए । यस्तै अखिल क्रान्तिकारी विप्लवका अध्यक्ष केबि सिले आफ्नो संगठन हिजो देखीनै शैक्षिक क्षेत्रभित्र देखिएका अनियमीताका बिरुद्ध लड्दै आइरहेको बताउदै क्याम्पस प्रशासनले आफ्नै मर्यादा लाई भुल्दै केहि राजनीतिकको भर्मा विद्यार्थीको हित बिपरीत कार्य गर्दै आइरहेको र यस्तै कार्य तत्काल रोक्नु पर्ने बताएका थिए । हिजो देखि नै आफुहरुले क्याम्पस प्रशासनलाई पटक पटक विद्यार्थी समस्या लगेर गएको तर विद्यार्थीका समस्यालाई बेवास्ता गर्दै आफ्नो मनपरि गरेको हुदा यो आफू हरुलाई सहिय नभएको बताए । यस्तै यो कार्य नरोक्दा सम्म ताला नखोल्ने र जबर्जस्ति खोलिए त्यसको जबाफ देखी स्वयम क्याम्पस प्रशासन हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds