
राम बहादुर के.सी.
तुलसीपुर, १६ कात्तिक ।
तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोका लगाएको छ । भाईटिका नजिकिदै गर्दा तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोका लगाएको हो । तुलसीपुर उपमहानगरपालिकाले असोज महिनामै सूचना प्रकाशित गरेर बिक्री वितरणमा रोक लगाए पनि व्यवसायीहरुले बिक्री वितरण गर्दै आएपछि उपमहानगरपालिकाले नियन्त्रणमा ल्याएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले बुधबार दश वटा पसलबाट प्लास्टिकका माला,गुच्छा नियन्त्रणमा ल्याएको बताएकी छिन् । उनले असोज २३ गते नै नेपाल सरकारकले वातावरण संरक्षण ऐन २०७६को दफा १५ को उपदफा ९६०ले दिएको अधिकार प्रयोग गरी नियन्त्रणमा लिइएको बताएकी हुन् ।तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र मात्रै १५ जनाले व्यवसायीक रुपमा पुष्प व्यवसाय गर्दै आएका छन् भने संस्थागत रुपमा पढ्दै कमाउँदै अभियान अन्तर्गत मेट्रो कलेज, गोरखा मोडेल कलेज,गुरुजजुर मावि र अमर मावि उरहरीका विद्यार्थीहरुले पुष्प खेती गरेका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका ,राप्ती गाउँपालिकाले प्लास्टिकजन्य पुष्प गुच्छा बिक्री वितरण नगर्न सूचना जारी गर्दै आएका छन् । यसैबीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पुष्प खेती गर्दै आएका व्यवसायीहरुको प्रवद्र्वन गर्नका लागि बजारका चार क्षेत्र बसपार्क,तुलसी मार्ट, तरकारी फलफूल बिक्री केन्द र अरनिको मैदान क्षेत्र निर्धारण गरेको बताएकी थिईन । त्यस्तै पालिकाले पुष्प व्यवसाय प्रवद्र्वनका लागि डिजिटल प्रसार प्रचार, र पालिकाका कार्यक्रमहरुमा पुष्पका माला प्रयोग गर्दै आएको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले प्लास्टिकजन्य पुष्प गुच्छा बिक्री वितरणमा रोक लगाउनु सकारात्मक काम भएको र यसले यस क्षेत्रका पुष्प व्यवसायीका लागि ठुलो राहत मिलेको बताउका थिए । पुष्प व्यवसाय गर्दै आएका बुद्धिराज पौडेलले तुलसीपुर क्षेत्रका लागि चाडपर्वहरुमा एक सय ६० क्विन्टल पुष्पले पर्याप्त हुने बताएका थिए ।यस वर्ष तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा मात्रै ६ सय क्विन्टल बढी पुष्प उत्पादन भएको छ । उनले उत्पादन गरेको पुष्प काठमाडौँ, नेपालगञ्ज, महेन्द्रनगर, सल्यान, बुटवल, नेपालगञ्ज पठाउँदै आएको बताएका छन् । तिहार पर्वलाई लक्षित गर्दै पुष्प विकास केन्द्रले भारतीय सयपत्री माला आयातमा रोक लगाएपछि यस क्षेत्रका किसान उत्साहित बनेका छन् । पुष्प व्यवसायी गणेश भण्डारीले भारतीय सयपत्री आयातमा रोक लगाएपछि आफुले उत्पादन गरेको पुष्प बिक्री वितरणमा सहज हुने बताएका थिए ।
