शान्तिनगर गाउँपालिकाद्वारा बजार अनुगमन शुरू

Byदोर्ण के.सी.

१५ कार्तिक २०८०, बुधबार १६:०८ १५ कार्तिक २०८०, बुधबार १६:०८ १५ कार्तिक २०८०, बुधबार १६:०८

टिका के.सी.
चिराघाट, १५ कार्तिक ।
तिहार नजिकिएसंगै शान्तिनगर गाउँपालिकाले बुधबार देखि बजार अनुगमन सुरु गरेको छ। गाउँ पालिकाले चाड पर्वलाई मध्य नजर गर्दै स्थानीय स्तरमा रहेका पसलहरुमा अनुगमन गरेको छ। बुधबार शान्तिनगर गाउँपालिका वडा नम्बर २ का विभिन्न पसलहरुमा अनुगमन गरेको हो ।अनुगमन टोलिकी संयोजक गाउँपालिकाकी उपाध्यक्ष प्रेमा बुढाथोकीको नेतृत्वमा गएको अनुगमन टोलिले वडा नम्बर २ मा रहेका करिब २५ ओटा किराना, औषधी पसल, एग्रोभेट, होटल, कस्मेटिक, फेन्सी पसलहरुबाट म्याद नाघेका सामानहरु जफत गरेको छ। त्यसै गरि अनुगमन टोलिले झन्डै ३० लिटर घरेलु मदिरा किराना पसलमा बिक्रीका लागि राखिएको पनि जफत गरेको छ। गाउँपालिकाले गत सालमा पनि अनुगमन गरेको र ब्यबसायीहरुलाई करको दायरामा आइ ब्यबसाय संचालन गर्न सुझाब दिएता पनि अधिकांश ब्यापारीहरुले उक्त सुझावलाई पालना नगरेको गाउँपालिकाकी उपाध्यक्ष प्रेमा बुढाथोकीले बताएकी छिन्। बजार अनुगमनलाई आउदा दिनमा नियमीत गरिने र करको दायरामा नआउने र म्याद नाघेका सामान बिक्रि गर्ने ब्यापारीलाई कारबाही समेत गरिने उपाध्यक्षबुढाथोकीले बताएकी हुन् । जफत गरिएका सामानहरुलाई मुचुल्का खडा गरि नष्ट गरिने गाउँपालिकाका प्रशासन शाखा प्रमुख कृष्ण कंडेलले बताएका थिए। उक्त अनुगमन टोलिमा गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखा भण्डारी, वडा नम्बर २ का अध्यक्ष सुनिल ओली, प्रशासन शाखा प्रमुख कृष्ण कंडेल, कम्प्युटर अपरेटर काश्मिर भण्डारी , पत्रकार निराश पाण्डे र चिराघाट प्रहरीको सहभागिता रहेको थियो । अनुगमन बिहीवार पनि हुने गाउँपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds