दाङ,१३ कात्तिक । मानव सेवा आश्रमको मेची(महाकाली यात्राको टोलीलाई लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा स्वागत गरिएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले टोलीलाई स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले सडक मानव मुक्त अभियानमा लुम्बिनी प्रदेश सरकार साथमा रहेको बताए । सडकमा बस्नु रहर नभई बाध्यता भएकाले त्यसलाई सबै मिलि निराकरण गर्नुपर्ने मन्त्री मास्कीको भनाई छ । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहितको टोलीले मेची(महाकाली यात्रा गरिरहेको छ । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारा सहित पूर्व मेची पुलबाट सुरू अभियान अन्तर्गत दसैँभर आईतबार १५ औं दिनमा दाङ आईपुगेको हो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ आईतबार दाङ आएको हो । चर्चित गायिका आनी छोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरु सहित अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावक विहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गर्दै आएको छ । मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्धार गरी आश्रमको व्यवस्था गरेको छ ।
मेची–महाकाली यात्रीलाई मन्त्री मास्कीद्वारा स्वागत
Byदोर्ण के.सी.
१३ कार्तिक २०८०, सोमबार १५:२५ १३ कार्तिक २०८०, सोमबार १५:२५ १३ कार्तिक २०८०, सोमबार १५:२५
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
सगरमाथा स्कुलको सिकाइ विद्यालयबाट घरसम्म ।
२८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३
दोर्ण के.सी.
ग्लोबल करियर काउन्सिलद्वारा प्लसटु परीक्षार्थीका लागि निःशुल्क अध्ययन स्थल उपलब्ध
२७ चैत्र २०८२, शुक्रबार ०९:२२ २७ चैत्र २०८२, शुक्रबार ०९:२२ २७ चैत्र २०८२, शुक्रबार ०९:२२
दोर्ण के.सी.
‘प्रदेश सरकारको नीति कार्यक्रम र बजेट कार्यान्वयन’ विषयेक अन्तरक्रिया कार्यक्रम सम्पन्न
२१ चैत्र २०८२, शनिबार ०२:५० २१ चैत्र २०८२, शनिबार ०२:५० २१ चैत्र २०८२, शनिबार ०२:५०
दोर्ण के.सी.
