पाल्पामा अदुवा खेती मौलाउँदै स्थानीयवासीको भविष्य चम्किदै

Byदोर्ण के.सी.

९ कार्तिक २०८०, बिहीबार ०७:४१ ९ कार्तिक २०८०, बिहीबार ०७:४१ ९ कार्तिक २०८०, बिहीबार ०७:४१

दाङ, ९ कार्तिक।
पाल्पाको बगनासकाली गाउँ पालिका २ का किसानले व्यावसायिक रुपमा अदुवा खेती सुरुु गरेका छन् । अदुवा खेती सुरु गरेपछि आम्दानी बढेपछि सो क्षेत्रका कृषकहरूको भविष्य चम्किएको छ । यसरी बारीमा अदुवाको खेती गरेपछि बाँदर लगायत अन्य वन्यजन्तुबाट हुने हैरानी घटेको छ । पोखराथोकका महिला समुह मिलेर सामुहिक रूपमा लगाएको अदुवाबाट

पनि मनग्य आम्दानी गरेका छ्न । समुहगत रूपमा रोपेको अदुवाबाट २० क्विन्टल अदुवा बिक्री भएको समुहका अध्यक्ष कमला बस्यालले बताएकी छिन्। यस वडामा रहेका किसान समुहलाई गाउँपालिकाको प्राविधिक सहयोग छ । यहाँ एउटै वडाबाट करिब ५ लाख बराबरको अदुवा बिक्री भएको छ । व्यवसायिक रुपमा कृषि गर्ने किसानलाई स्थानीय सरकारले

आवश्यक सहयोग निरन्तर गर्ने पालिका अध्यक्ष सरस्वती चिदीले बताएकी छिन् । स्थानीय सरकारले अदुवा भण्डार निर्माणमा सहयोग गरिदिए आफुहरूले उत्पादन गरेको अदुवा विग्रीन नपाउने र मूल्य समेत अझै राम्रो पाउने सो क्षेत्रका किसानहरूको भनाइ रहेको थियो । यस वर्ष प्रतिकिलो १ सय ४० रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्ममा किसानले अदुवा बिक्री गरेको पाल्पाको बगनासकाली गाउँ पालिका २ का किसानहरूले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds