नेपाल सरकारले गर्यो इजरायलमा १९ जना नेपालीको उद्धार

Byदोर्ण के.सी.

३० आश्विन २०८०, मंगलवार १५:३५ ३० आश्विन २०८०, मंगलवार १५:३५ ३० आश्विन २०८०, मंगलवार १५:३५

थर्कोट समाचारदाता
काठमाण्डौं,३० असोज ।


नेपाल सरकारले इजरायलबाट फेरी १९ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टाइनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १९ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ । आज मङ्गलवार उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली दूतावासको पहलमा सडक यात्रा हुँदै कैलालीको गौरीफण्टा नाका आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदले बताएकाछन् । भारतले आफ्ना नागरिकको उद्धार गर्न विमान पठाएको थियो, नेपालले कुटनीतिक पहल गरेर भारतीय नागरिकसँग १९ जना नेपालीको पनि उद्धार गरेको हो । नेपालीहरू भोलि बुधवार बेलुकासम्म कैलाली आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन् । सरकारले यसअघि नेपाल एअरलाइन्सको जहाज पठाएर दुई सय ५४ जना नेपालीको उद्धार गरेको थियो । पढाइ र रोजगारीका लागि इजरायलमा झन्डै पाँच हजार जना नेपाली रहेकामा पाँच सय तीन जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका थिए । सोही नाम लिष्टका आधारमा नेपाल सरकारले यस अघि पाँच सय तीन जनाले देश फर्किन चाहेको नामावली पठाएपछि नेपाल सरकारले नेपाल एअरलाइन्सको जहाज पठाएर दुई सय ५४ जना र दोस्रोपटकमा भारतको नयाँ दिल्ली हुँदै १९ जनालाई गरि दुईपटकमा २ सय ७३ जना नेपालीहरूलाई उद्वार गरेको नेपाल सरकारले जनाएको छ । त्यस्तै बाँकी रहेका २ सय ३० जना नेपालीहरूको तुरून्तै उद्वार गरिने र बाँकी नेपालीहरू नेपाल फर्किन चाहेमा तुरून्त ल्याउने पनि बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds