काठमाण्डौ, २८ असोज । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिन मार्फत जानकारी गराएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी गएको जेठ ३१ गते भित्रिएको थियो । नेपालमा एक सय २४ दिन रहेर मनसुन बाहिरिने सरदर मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । नेपालमा यस वर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिएकाछन्। मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो । नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष मनसुन अवधिमा १ हजार ३ सय ३ मिलिमिटर वर्षा भएको हो । यस वर्ष मधेश प्रदेशमा औसतभन्दा निकै कम वर्षा भएको छ भने काठमाण्डौसहित पहाडी क्षेत्रमा सरदरभन्दा केही बढी वर्षा भएको छ ।
यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरियो
Byदोर्ण के.सी.
२८ आश्विन २०८०, आईतवार १३:३३ २८ आश्विन २०८०, आईतवार १३:३३ २८ आश्विन २०८०, आईतवार १३:३३
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
प्रतापकोट आम्बासका १५० विद्यार्थीको हातमा शैक्षिक सामग्री, खुशीले हर्षित
१० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९
दोर्ण के.सी.
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
