३ दिने क्षमता अभिबृदि तालिम समपन्न थर्काेट समाचारदाता

Byदोर्ण के.सी.

१० आश्विन २०८०, बुधबार ०८:५२ १० आश्विन २०८०, बुधबार ०८:५२ १० आश्विन २०८०, बुधबार ०८:५२

थर्काेट समाचारदाता
दाङ १० असाेज
पशु प्राबिधिकहरुको लागि ३ दिने क्षमता अभिबृदि तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ । पशु अस्पताल एवम पशु सेवा कार्यालयको सहयोग र कपुरकोट गाउपालिकाको आयोजनामा साे तालिम सन्चालन भएको थियो । पशु अस्पतालका डाक्टर जयन्त र नेत्रलाल प्राबिधिक शिक्षालयका डा बालकृष्ण ले प्रशिक्षण दिएकाे साे तालिममा ७ जना पशु प्राबिधिकहरुको सहभागिता रहेको थियो ।

पसु सेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द महत, पशु प्राबिधिकहरु बिरेन्द्र केसि र सृजा श्रेष्ठ समेत सहभागि भएको तालिमको समापनमा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, उपाध्यक्ष प्रकाश भण्डारी, अध्यक्ष दुर्गा बहादुर पुन, वडा अध्यक्षहरु इश्वर बुढा, प्रदिप खडका र मित्र कठायत लगायतको उपस्थिति रहेको थियो ।

ल्याव सन्चालन, पोस्टमार्ट्म, बिभिन्न पशुहरुमा लाग्ने सरुवा रोगहरुको पहिचान र उपचार बिधि, औषधिको डोजको क्यालकुलेसन लगायतका बिषयमा प्राबिधिकहरुलाई सैदान्तिक र प्रयाक्टिकल अभ्यास गराएको तालिम असाध्यै महत्वपुर्ण र उपयोगि भएको प्रशिक्षार्थिहरुले बताएका थिए । साथै पशु सेवा कार्यालय सल्यानले कपुरकोट गाउपालिकालाई सहयोग स्वरुप एक सेट डिफ्रीज (Defridge) उपलब्ध गराएको छ । सहयोग र समन्वयको लागि पशु सेवा कार्यालय सल्यानलाई हार्दिक धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds