सामुदायिक वनको परिभाषा यस्तो रहेको छ ।

Byदोर्ण के.सी.

२३ मंसिर २०८०, शनिबार १६:२२ २३ मंसिर २०८०, शनिबार १६:२२ २३ मंसिर २०८०, शनिबार १६:२२

थर्कोट समाचारदता
तुलसीपुर 23 मंसिर
मानव समाज विकासको क्रममा आर्थिक उन्नति तथा प्रगतिको लागि महत्वपूर्ण श्रोत र साधन प्राकृतिक साधन हो । त्यसमा पनि सरल रुपमा प्रयोग गरी मानव जीवन व्यवहारको लागि अत्यन्तै उपयोगी प्राकृतिक साधनको रुपमा वनश्रोतलाई मानिन्छ । नेपालमा मात्र नभएर विश्व मानव समाजकै निम्ति वन सम्पदा बहु उपयोगी प्राकृतिक साधनकै रुपमा प्रयोग गर्दै आएको पाइन्छ । घरायसी दैनिक प्रयोगमा आउने सामग्रीदेखि लिएर ठूला ठूला कल–कारखाना तथा
रेलको लिगमा विछ्याउने काठसम्म वनश्रोत तथा सानधद्वारा प्राप्त गर्न सकिन्छ । हरेक प्राणी जगत जीउन आवश्यक अक्सिजन, स्वच्छ हरियाली वातावरण निर्माण गर्नमा समेत वनजंगलले प्रमुख भूमिका खेलेकोछ ।

जङ्गल र झाडीहरुले प्राय जमिनलाई ढाकेको हुन्छ र बोटविरुवाहरुको स्रोत र वनस्पतिको समुदायले वातावरण सन्तुलन र प्राणीहरुको वासस्थानको प्रमुख भूमिका खेल्दछ । वन संपदा प्राकृतिक श्रोत मध्ये यस्तो श्रोत हो, जसले मानव समाज विकासमा उचित भूमिका खेल्दछ । वन सम्पदा पशुपालन व्यवसायसँग दैनिक रुपमा जोडिएको हुन्छ । साथै धर्म, संस्कृति, समाज आर्थिक तथा सामाजिक विकास र वातावरण सन्तुलन कायम राख्नयसको महत्वपूर्ण भूमिका रहन्छ । नेपालको मुख्य शक्तिको श्रोत वन साधन हो । कृषकहरुलेखेतीपाती संचालन गर्ने सबै साधन वनबाटै उपलब्ध गर्दछन् । साथै घर निर्माण सामग्री, दाउरा, घाँस, पतकर, तथा अन्य सामग्री वनबाट प्राप्त हुन्छ । पशुपालन व्यवसाय वनजंगलमा सँधैनिर्भर रहन्छ । नेपाल भूपरिवेष्ठित सुन्दर हिमाली देश हो । खासगरी पहाड र तराईमा अवस्थित जंगलनै तुलनात्मक रुपमा वनपैदावर उत्पादन योग्य रहेका छन् ।

खेती संचालन र अन्य आवश्यक माग अनुसारका वस्तुहरु जंगलबाटै प्राप्त हुन्छ । सन् १९५६ अगाडि देशको सम्पूर्ण वन स्थानीय जनताको मातहातमा थियो र परम्परागत रुपमा वन व्यवस्थापन गरिन्थ्यो प्रजातन्त्रको प्राप्ति पछि सबै वन राष्ट्रियकरण गरियो । सन् १९५६ पछि कृषि तथा अन्य वन पैदावरको माग वढ्न गयो । सन्१९६० मा टिम्बर कर्पोरेशन मार्फत उच्च दरमा काठहरु विक्री वितरण गर्ने, वनलाई कृषि भूमिमा बदल्ने प्रक्रियाको परिणाम स्वरुप तिव्र रुपमा वन विनास हुन पुग्यो । सन् १९७७ पछि वन व्यवस्थापन रणनीति परिवर्तन गरी सरकारी नियन्त्रणबाट खास उपभोक्ताको नियन्त्रण तथा मातहातमा वन हस्तान्तरण गर्ने नीति लागू भएपछि वन विनासमा नियन्त्रण हुदै आएको छ । सन्१९६३÷६४ पछिका १४ बर्षहरुमा ५.७% ले वनको विनाश भएको पाइएको छ । उक्त अवधिमा नेपालको ३८% भू–भाग वनले ढाकेको थियो वन

सम्बन्धि तथ्याङ्कहरुमा समानता पाइदैन । २७.७% भू–भाग वनले ढाकेको छ भन्ने बताउँछ भने ल्भ्क्ष् ले २९% जङ्गल, १०.६% झाडी नेपालमा रहेको जनाएको छ । वर्तमान समयमा २१% भ–भाग मात्रै वनले ओगटेको भए पनि संसारमा मानव तथा प्राणीको अस्तित्वका लागि न्युनतम २५% जङ्गल हुनु पर्ने कुराले उल्लेख गरिएका छन्। त्यसै गरीे २४% झाडी र चरि चरण क्षेत्रले ओगटेको कुरा उल्लेख गरिएको छ । खासगरी जनसंख्या वृद्धिको कारण कृषि भूमिको आवश्यकता पूरा गर्दा, व्यापारिक प्रयोजनको लागि रुख काट्ने अनुमति दिंदा, बाटोघाटो तथा यातायातको व्यवसायको विकास हुँदा खेतीपाती संचालनको सामग्री संकलन र प्रयोग गर्दा, इन्धन, काठ, घाँस, सोत्तर प्रयोग गर्दा र उत्पादन प्रक्रियाको क्रममा रुखहरुको हाँगा छास्दा वन विनास भइरहेको हुन्छ । उद्योग धन्दाको विकास र पर्यटकहरुले पनि यसमा नकारात्मक प्रभाव पारेको छ । बनजंगल बचाउन नसके वन विनासको कारण भूक्षय बढने, कृषिमा ह|स, बनपैदावरको अभाव, सामाजिक, आर्थिक क्रियाकलापमा समस्या, नदी र पानीको मुहान सुक्ने, बर्षा कम हुने, समग्र वातावरणमा नै नकारात्मक प्रभाव पार्ने हुनाले वन साधनको संरक्षण गर्नु नितान्तै आवश्यक भइसकेको छ र वनको महत्व पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । जति जति वन विनास हुन्छ, त्यति नै बढी गरीबी पनि बढ्ने गर्दछ । वर्तमान अवस्थामा वन जंगलको जुन अवस्था छ त्यहाँ भन्दा पनि विनास हुने वातावरण सृजना भएर गयो भने अनि वन संरक्षणको प्रभावकारी नीति लागू नगर्ने हो भने आगामी एक दशकमा ठूलो परिमाणमा विनास हुने संभावना रहेको छ । वन जंगलमा प्राप्त हुने बहुमूल्य मानव उपयोगी सम्पूर्ण प्राकृतिका श्रोत लोप हुँदै गइरहेको छ । वन्य जन्तु प्राय लोपोन्मुख अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds