




दाेर्ण के.सी.
तुलसीपुर, १५ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा अबस्थित शिखा इंलिस स्कुलले शनिबार एक कार्यक्रमकाे आयाेजना गरि असल अभिभावकबारे अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बालबालिकाको पहिलो पाठशाला घरमा अभिभावकले खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउन असल अभिभावक शिक्षा प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावककलाई मोटिभेस्नल ट्रेनर देशराज दाहालले असल अभिभावकबारे प्रशिक्षण दिनुभएको हो । उहाँले बालबालिकालाई विद्यालय पठाएर मात्रै असल अभिभावक हुन नसक्ने भन्दै असल अभिभावक बन्नका लागि बालबालिकालाई घरमै संस्कार पनि दिनुपर्ने बताउनुभएकाे थियो । उहाँले बालबालिकाको शारीरिक एवं मानसिक

विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै असल र नैतिकवान जनशक्ति उत्पादनमा शिक्षकसंगै अभिभावकले पनि विभिन्न जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएकाे थियो । विद्यालयका प्रधानाध्यापक सुमन केसीको अध्यक्षता तथा मोटिभेस्नल ट्रेनर दाहालको प्रमुख आतिथ्यतामा अभिमूखिकरण कार्यक्रम गरिएको हो । विद्यालयले एसइई २०८० मा उत्तिर्ण हुने विद्यार्थीलाई समेत सम्मान गरेको थियाे । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक जीतबहादुर बस्नेतले गर्नुभएको थियाे ।

