
काठमाडौं १-मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक प्रणालीका विरुद्ध आवाज उठाउने दुस्साहसलाई दृढताका साथ परास्त गर्ने बताएका छन् । शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन र जनताको अधिकार मन नपराउनेहरुले लोकतान्त्रिक प्रणालीका बिरुद्ध आवाज उठाउन खोजेको भन्दै त्यसलाई दृढताका साथ परास्त गर्ने बताएका हुन् । उनले अहिले देशलाई बर्वाद पार्ने राजाहरुको भक्तिगान गाउन थालेको र नारायणहिटी, भण्डारखाल, कोतपर्व मच्चाउनेहरुले संस्कारको कुरा गर्न थालेको भन्दै आक्रोश व्यक्त गरे । जाती भाषा धर्म सस्कृति एक भएको राष्ट्रिय गान गाउन थालेको र यसमा आम नागरिकको संस्कृति बोलेको उनले बताए ।
