भूकम्प पीडितलाई नारायणपुर उद्योग वाणिज्य संघद्वारा राहत उपलब्ध

Byदोर्ण के.सी.

२६ कार्तिक २०८०, आईतवार १३:४१ २६ कार्तिक २०८०, आईतवार १३:४१ २६ कार्तिक २०८०, आईतवार १३:४१

दाङ २६ कार्तिक
जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकालाई राहत सङ्कलन कार्य जारी रहेको छ । यसैबिच दाङको नारायणपुर उद्योग वाणिज्य संघले पनि भूकम्प पीडितलाई राहत उपलब्ध गराएको छ । आज शुक्रबार दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी मार्फत संघले राहत उपलब्ध गराएको हो ।संघले एक लाख ५३ हजार पाँच सय बराबरको राहत उपलब्ध गराएको छ । संघले १०२ थान ब्लाङ्केट, १२० केजी चामल, २५ केजी च्युरा लगायतका सामग्री उपलब्ध गराएको छ । संघले खाद्यान्न, लत्ताकपडा, महिला तथा पुरुषलाई न्यानो कपडा, बालबालिकाका लागि न्यानो कपडा, जुत्ता, चप्पल पनि उपलब्ध गराएको संघका अध्यक्ष अभियान बस्नेतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds