दाङ सल्यान सडक अवरुद्ध,  यात्रुहरु सास्ती खेप्दै

Byदोर्ण के.सी.

१२ आश्विन २०८१, शनिबार ०५:४१ १२ आश्विन २०८१, शनिबार ०५:४१ १२ आश्विन २०८१, शनिबार ०५:४१

थर्काेट समाचारदाता
तुलसीपुर

१२ असोज । अबिर वर्षातका कारण दाङ– सल्यान सडक खण्ड बिहानै देखि अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डको राम्रीमा करिब १२ मिटर सडक भासिएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा दर्जनौ सयौँ सवारी साधनहरू बिच सडकमा रोकिएका छन् भने  सयाैँ यात्रुहरू बीचबाटोमा अलपत्र परेका छन् ।  पहाडी र विकट ठाउँ भएका कारण होटल तथा उपभोग्य वस्तुका पसलहरू समेत नहुँदा यात्रुहरूमा भोकभोकै बस्नु पर्ने अवस्था भएको छ ।सडक अवरुद्ध भएको घन्टौँ समय वितिसक्दा समेत डिभिजन सडक कार्यालय दाङले सडक सुचारु गर्ने कार्यमा चासो नदिएको भन्दै यात्रुहरूले आक्रोश पोखेका छन् । यता डिभिजन सडक कार्यालय दाङले वर्षात र पहिरो रोकिएपछि मात्रै सडक निर्माण गरिने बताएको छ । प्राविधिक र इक्युपमेन्ट बिहानै देखि तयारी अवस्थामा बसेपनि वर्षात र पहिरो पूर्ण रुपमा रोकिएपछि मात्रै सडक सुचारूका लागि काम सुरु गर्ने डिभिजन प्रमुख दिपेन्द्र विष्टले बताउनुभयो । डिभिजन प्रमुख विष्टले सडक कटीङ गर्दा माथिबाट पहिराे जान सक्ने बताउनुभयाे ।पहिलो कुरा काममा खट्ने मजदुर, व्यवसायी र सवारी साधनको सुरक्षालाई ध्यान दिनुपर्‍यो । किनकी सडक भास्सिएको छ । पानी परिरहेको छ । पहिरो आइरहेको छ । जोखिम पनि त्यतिकै छ । यो सबै कुरा रोकिएपछि काम अघि बढ्छ । विकट ठाउँ भएकाले वैल्पिक सडकको व्यवस्था छैन । सडक छेउलाई कटिङ गरेर भएपनि एकतर्फी बाटो सुचारु गर्ने तयारीमा छौ ।’ विष्टले भन्नुभयो । यता फिल्डमा बिहानै देखि खटिरहनु भएका गोठीखोला प्रहरी चौकीका असई रूपलाल सुनारले सडकबाट आएको प्राविधिकको टोलीले फोटो खिचेर फर्किएको गुनासो गर्नुभयो । ‘जेसीबीले काम गर्दै थियो । स्थानीयले मेरो जग्गा पर्छ भन्दै काम रोकिदिएका छन् । स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने जिम्मेवारी पाएको सडकको टोली पनि फोटो खिचेर फर्किसक्यो । उल्टै जेसीबी चालकलाई पनि अहिले काम नगर्नु भनेका छन । त्यही पनि मैले समन्वय गरिरहेकाे छु ।’ सुनारले भन्नुभयो । दाङको तुलसीपुर हुँदै  सल्यान, रुकुम र रोल्पा जाने दर्जनौँ रात्री तथा दिवा बस, साइस्, ट्याक्सी, ट्रक, टेक्टर, टिप्पर, बाइकहरु बीचबाटोमा रोकिएका छन् भने रुकुम, रोल्पा र सल्यानबाट आउँदै रेका सवारी साधन छेकिएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट