थर्कोट समाचारदाता
तुलसीपुर, २ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठीखोलामा एक बालक बेवारिसे अवस्थामा फेला परेका छन् । तुलसीपुर–३ गोठिखोला नजिकै आज दिउँसो २ बजेको समयमा अन्दाजी डेढ बर्षको बालक फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । बालकको आफन्त तथा बालकलाई चिन्ने इलाका प्रहरी कार्यालय तुलसीपुर तथा मानव सेवा आश्रममा सम्पर्क गर्न समेत प्रहरीले बालकलाई चिन्नु हुने सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds