तुलसीपुरमा चोरी भएको मोटरसाइकल फेला,चार जना पक्राउ

Byदोर्ण के.सी.

३१ श्रावण २०८२, शुक्रबार १४:३३ ३१ श्रावण २०८२, शुक्रबार १४:३३ ३१ श्रावण २०८२, शुक्रबार १४:३३

थर्काेट समाचारदाता
तुलसीपुर , ३० साउन । 
तुलसीपुरमा चोरी भएको मोटरसाइकल प्रहरीले एक सातापछि फेला पारेको छ । सल्यान दार्मा गाउँपालिका-५ घर भई हाल तुलसीपुर-५ पिपलबोटमा मैना लुगा घर फेन्सी स्टोर सञ्चालन गर्दै आएका २५ वर्षीय रामबहादुर केसीको मोटरसाइकल गत साउन २२ गते दिउँसो १ बजे चोरी भएको थियो । पसल अगाडि पार्किङ गरी राखेको रा.४ प ६२२८ नम्बरको केटिएम डुके २ सय सिसिको सुन्तला रङको मोटरसाइकल दिउँसोे १ बजेतिर चोरी भएको थिया ।
चोरी भएको मोटरसाइकल खोजतलास गदै जाँदा साउन २८ गते भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मोटरसाइकल तुलसीपुर-९ मनकामना टोलमा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभएकाे हाे  । मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ परेका छन् । यसरी प्रकाउ पर्नेमा तुलसीपुर-९ का १८ वर्षका सिताराम महतरा, सोही ठाँउका १८ वर्षका ईश्वर खड्का, १८ वर्षका बिवेक शाह र २१ वर्षका टेकेन्द्र वलीलाई दाजुभाइ चोकबाट पक्राउ गरेको प्रहरी निरिक्षक रानाले बताउनुभएकाे हाे । उनिहरुलाई दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds