गृह मन्त्रालयद्वारा अध्ययन समिति निर्माण

Byदोर्ण के.सी.

४ मंसिर २०८०, सोमबार १७:१६ ४ मंसिर २०८०, सोमबार १७:१६ ४ मंसिर २०८०, सोमबार १७:१६

काठमाडौं
४-मंसिर/ सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले अध्ययन समिति बनाएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरुको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन पूर्वमूख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

सोमबार गृहमन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक समेत बसेको छ । समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुधार गर्न अध्ययन गरेर प्रतिवेदन पेश गर्ने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बताए ।

उक्त क्षेत्रमा अध्ययन गर्न पूर्व प्रहरी महानिरिक्षक प्रकाश अर्यालको संयोजत्वमा नेपाल प्रहरी, बिषयगत उपसमिति, पूर्व सशस्त्र प्रहरी महानिरिक्षक सिंह बहादुर श्रेष्ठको संयोजकत्वमा शसस्त्र प्रहरी बल उपसमिति, पूर्व सचिव शरद चन्द्र पौड्यालको संयोजकत्वमा अध्यागमन व्यवस्थापन उपसमिति गठन गरिएको छ भने पूर्व सचिव लक्ष्मीप्रसाद ढकाल संयोजकत्वको कारागार व्यवस्थापन उपसमिति र पूर्व सचिव शंकर प्रसाद कोइरालाको संयोजकत्वमा स्थानीय प्रशासन र सेवा प्रवाह उपसमिति गठन गरिएको श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds