कपुरकोट गाउँपालिका वडा न १ को तिज विशेष कार्यक्रम सम्पन्न

Byदोर्ण के.सी.

३१ भाद्र २०८०, आईतवार १६:४८ ३१ भाद्र २०८०, आईतवार १६:४८ ३१ भाद्र २०८०, आईतवार १६:४८

थर्कोट समाचारदाता
सल्यान ३१ भदौ
कपुरकोट जागरण अभियान र वडाध्यक्षसँग आमा दिदि बहिनि कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिका वडा न १ मा आईतबार हरितालिका तिजको अबसरमा बिबिध कार्यक्रमहरु आयोजना गरि भव्य रुपमा तिज मिलन कार्यक्रम मनाइएको छ । कपुरकोट गाउँपालिका वडा न १ का वडाध्यक्ष बालाराम खडकाको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता एंव पालिकाका उपाध्यक्ष प्रकाश भण्डारी र प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको विशिष्ठ आतिथ्यतामा सम्पन्न सो तिज मिलन कार्यक्रममा वडा न ५ का अध्यक्ष होम बहादुर खडका, शिक्षा शाखा प्रास रमेस कुमार

आचार्य, गाउ प्रहरि हवल्दार खड्गेश्वर थापा, नमुना बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा कपुरकोट शिक्षा समिति सद्स्य प्रेम बहादुर भण्डारी, कपुरकोट प्रहरी चौकीका प्रतिनिधि, वडा न १ का सबै जनप्रतिनिधिहरु, वडा न १ का बिध्यालयका प्रधानाध्यापकहरू तथा शिक्षक शिक्षिकाहरु, टोल बिकास संस्था, आमा समुह र महिला स्वयंमसेबिकाहरु लगायतको उपस्थिती रहेको थियो । गायक तथा कलाकार शान्ताराम सेन्चुरी र करिष्मा रावतले उद्घोषण गरेको उक्त कार्यक्रममा ५ वटा आमा समुहहरु बिच सामुहिक नृत्य प्रतियोगिता भएको थियो । जसमा सृजनशील आमा समुह प्रथम, दहवन आमा समुह दोश्रो, प्रगतिशील आमा समुह तेस्रो, प्रगति स्वास्थ्य आमा समुह चौथो र गाउघर सुधार आमा समुह पाचौ भएका छन । त्यस्तै तीज आ–आफ्नो आर्थिक अबस्था अनुसार मनाऔू शिर्षकको एकल बक्तृत्वकला प्रतियोगितामा सृजनशिल आमा समुहका ललिता रोका प्रथम, गाउघर सुधार आमा समुहका आमसरा पुन दोस्रो र दहवन आमा समुहका दिलमाया घर्ति तेस्रो भएका थिए । बिजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने शान्ताराम सेन्चुरी, प्रेम बहादुर भण्डारी र रमेस आचार्यले मुल्याङ्कनकर्ताको भुमिका निभाएका थिए । साथमा बिबिध मौलिक संस्कृति झल्काउने नृत्यहरु सँगै कलाकार शान्ताराम सेन्चुरीको धमकेदार गित र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds