थर्कोट समाचारदाता
सल्यान २२ मंसिर
नागरिकको स्वास्थ्यमा सहज पहुँचका लागि सल्यानको कपुरकोट गाउँपालिकाले एकीकृत बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राप्ती लाइफ केयर अस्पताल तुलसीपुर दाङ र कपुरकोट आधारभूत अस्पतालका प्राविधिक सहयोगमा शिबिरको आयोजना गरिएको हो ।शिविरमा महिलाको स्त्रीरोग, हाड तथा नसा रोग, नाक(कान, घाँटी र भिडियो एक्स(रे जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको देखिएको छ ।कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले शिविरले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य पहुँच पुर्याउन एकिकृत बृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको बताउनुभयो ।शिविरमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवाहरू प्रदान गरेको छ । स्वास्थ्य समस्याले ग्रस्त रहेका स्थानीय बासिन्दाले निःशुल्क उपचार र औषधि पाएपछि खुसी व्यक्त गरेका छन् । आजमात्रै शिबिरमा ७ सय ३७ जनाले सेवा लिएका छन् ।
