









दोर्ण के.सी.
तुलसीपुर ०६ बैशाख
होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा समितिका सल्लाहकार नेत्रलाल वलीले व्यावसायीक एकताका लागि सम्पूर्ण होटल व्यवसायीहरूलाई एकजुट भएर साथ दिन आग्रह गर्नुभएको छ । उहाँले सम्पूर्ण व्यवसायीहरूले आफ्नो व्यवसाय सहजरुपमा चलाउन पाउनु पर्ने बताएका थिए । यदि व्यवसायीहरूले आ–आफ्ना व्यवसायहरू सहज रूपमा व्यवसाय संचालनमा गर्न असहजता भएमा सम्पूर्ण व्यवसायीहरू आफ्नो अधिकार सुनिष्चितताका लागि एकजुट भएर होटल व्यवसाय बन्द गरि आन्दोलनमा उत्रिन सबैमा आग्रह गर्नुभएको हो । समितिले शनिबार आयोजना गरेको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रमलाई असम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेतले स्थानीय प्रशासनले राती १० बजेसम्म व्यवसाय चलाउन पाउने अनुमति दिएपनि प्रहरी प्रशासनले राती ९ बजे नै बन्द गराउने गरेकै कारणले गर्दा होटल व्यवसाय राती १० बजेसम्म चलाउन नपाएको भन्दै गुनासो गर्नुभएको थियो । प्रहरीले राती ९ बजे नै बन्द गराउने गरेको बताउनुभएको थियो । तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष बस्नेत भन्नुहुन्छ यदि प्रहरी तथा स्थानीय प्रशासनको ज्यादती नरोकिए सम्पूर्ण होटल व्यवसायीहरू बेलुका ५ बजे नै व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन सबैमा आग्रह गर्नुभएको हो । व्यवसायीहरूले स्थानीय प्रशासनको कारणले गर्दा आफुहरूको व्यवसाय धरापमा पर्न थालेको गुनासो समितिमा राखेपछि समितिका अध्यक्ष बस्नेतले व्यवसायीहरूले ‘होटल व्यवसाय निर्वाधरुपमा चलाउन पाउनुपर्छ ।’ व्यवसायीहरूले‘प्रहरीको ज्यादतीलाई थेक्न नसकने अवस्थामा पुगेको अझै पनि यस्तै कार्य दोहोरिएमा बेलुका ५ बजे नै व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिने नेपाल प्रहरी तथा स्थानीय प्रशासनलाई सो चेतावनी दिनुभएको हो । समितिका अध्यक्ष बस्नेतको अध्यक्षता तथा केन्द्रिय सदस्य वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समितिका कोषाध्यक्ष शुसील वलीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव दिल बहादुर भण्डारीले गर्नुभएको थियो ।


