दोर्ण के.सी.
तुलसीपुर २१ साउन
हिमाल एकाडेमी तुलसीपुर–६ का ECA विद्यार्थी ग्रुपले सोमबार एक कार्यक्रमका बिच आफना सहयोगी हातहरू फैलाएका छन् । ग्रुपले दाङ तुलसीपुर सयपत्री दोहोरी घरबाट चलाईएको हरिमाया बि.क. घर बनाउ अभियान लाई आफ्नो खाजा खर्च कटौंती गरि ५ हजार ५ रूपैया नगद सहयोग गरेका हुन् । विद्यालयका प्रिन्सीपल मद्युसुदन के.सी., हेडसर नविनकुमार पराजुली, सहायक प्रिन्सीपल ए मुकेश कुमार साथै लेखा प्रमुख सालिकराम वलीको अगुवाईमा विद्यार्थीका गु्रपले सो रकम हस्तान्तरण गरेका हुन् । विद्यालयले पहिला देखि नै सहयोग गर्दै आएको र अवका दिनहरूमा पनि सहयोग गर्दै जाने विद्यालयका प्रिन्सीपल मद्युसुदन के.सीले बताएका थिए । यस्तै सल्यान जिल्ला कोटबारा घर भई हाल काठमाडौंमा रहेर दङगाली शिदबाबा गेस्ट हाउस सञ्चालन गर्दै आएका दिपक भण्डारी र कबिता भण्डारीले हरिमाया बि.क. घर बनाउ अभियानलाई नौ हजार नौ सय उनान्सय सहयोग गरेकाछन् । उनीहरूले पनि पहिलेबाट नै सहयोग गर्दै आएको र आगामि दिनहरूमा पनि यस्तै सहयोग गर्दै जाने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds