सुर्खेतमा डिप्रोस लघुवित्तका हाकिमलाई कालोमोसो, दुई जना पक्राउ

Byदोर्ण के.सी.

२६ माघ २०८०, शुक्रबार १५:१९ २६ माघ २०८०, शुक्रबार १५:१९ २६ माघ २०८०, शुक्रबार १५:१९

दोर्ण के.सी.
बिरेन्द्रनगर २६ माघ
मोहन वैद्य नेतृत्वको आरसिपी, नेपाल निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले डिप्रोस लघुवित्त वित्तिय संस्थाका प्रमुखलाई कालोमोसो दलेका छन् । बिहीबार गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख दिपेन्द्र कट्टेललाई युवा संगठनले कालोमोसो दलेको हुन् । लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई मोसो दलेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार प्रकाउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का २० वर्षीय विष्णुहरि घर्ती र मुगुको सोरु गाउँपालिका–८ का रामबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
क्रान्तिकारी युवा संगठन, नेपालका कर्णाली संयोजक प्रकाश शर्माले एक वक्तव्य जारी गरेर उक्त कारबाहीको जिम्मेवारी लिएका छन् । संयोजक शर्माले एक प्रेस वक्तव्य जारी गर्दै सस्थाले लामो समयदेखि असुल गरिसकेको रकम सदस्यहरुसंग पटक पटक माग्ने तथा यातना दिने गरेको, रकम असुलिको नाममा जनतालाई त्रसित गरि घरवार छोड्न बाध्य पारेको, सस्थाको रकम तत्काल दिन नसक्ने महिलाहरु माथि हातपात गर्ने र चरित्र हत्या गर्ने खालको गतिविधि गरेको, सस्थाको रकम अपचलन र हिनामिना गरेको र पटक–पटक जनतालाई दुख नदिन संगठनले गरेको अनुरोध लत्याएले संगठनले सांकेतिक कार्वाही गरेको बताएका छन् । उनले उक्त कार्वाहीको क्रममा गिरफ्तार परेका आफ्नो संगठनका केन्द्रिय सदस्य हरि घर्ती मगर र संगठनका सुर्खेत जिल्ला सदस्य रामबहादुर विकलाई तत्काल रिहा गर्न समेत माग गरेका छन् ।
यस्तो छ विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds