




थर्कोट समाचारदाता
तुलसीपुर, ५ माघ ।
सुवास परियार मेट्रो कलेज तुलसीपुरमा अध्ययनरत छन् । उनले थ्री इनर्जी वाटर पम्प बनाएका छन् । उनले सुनाखरी सिकाई मेलामा आफुले गरेको काम देखाउने अवसर प्राप्त गरे ।




‘थ्री इनर्जी वाटर पम्पबाट साइकलजस्तै पैदल घुमाएर कल धाराबाट पानी तान्न सकिन्छ ।’ उनले भने(‘अहिले स्याम्पलिङ बनाएको छु, यसलाई ठुलो रुप दिन सकिन्छ । ’ बिशाल कुँवर पनि मेट्रो कलेजमै अध्ययनत छन् । उनले पानी ट्यांकीमा लगाउँदा बेहोर्नुपर्ने झन्जटको अन्त्य गर्नका लागि प्रविधि बनाए ।
उनले बनाएको प्रविधि पनि सुनाखरी मेलामा प्रदर्शनमा राखिएपछि धेरैले अवलोकन गरे । ‘पानी लगाएपछि कतिबेला ट्यांकी फूल हुन्छ भन्ने पत्तै हुँदैन्, त्यसकै झन्जट अन्त्य गर्नका लागि नयाँ प्रविधिको विकास गरिएको छ ।’ उनले भने(‘यो प्रविधि जडान गरेपछि पानी सकिने डर र भरिएपछि खेरा जाने डरको अन्त्य हुन्छ ।’

समिर पोखरेल हाम्रो पहुँच माविमा कक्षा ११ मा पढ्छन् । उनलाई नयाँ(नयाँ प्रविधिबारे जान्ने चाहना छ । उनले फुर्सद भयो कि कुनै न कुनै काम गरिहाल्छन् । उनले आफ्नो क्षमतालाई देखाउने अवसर प्राप्त गरे ।
तुलसीपुर(३ दमारगाउँमा रहेको सरस्वती माविमा संचालन भएको सुनाखरी सिकाई मेलामा उनले सोलार प्रविधिबाट सिंचाई गर्ने प्रविधि देखाउने अवसर प्राप्त गरे ।
‘सुर्यबाट प्राप्त हुने इनर्जी सोलार प्रविधिबाट क्याप्चर गरेर सिंचाई गर्न सकिने स्याम्पलिङ गराएको छु ।’ उनले भने(‘अहिले सानो आकारमा भएपनि यसैलाई ठुलोरुप पनि दिन सकिन्छ ।’
समिक्षा लामीछाने र लक्ष्मी न्यौपाने पनि हाम्रो पहुँच माविमै छन् ।

उनीहरुले फालेका कागज र बोतललाई पनि प्रयोग गरेर फूल बनाएका थिए । दुवै जनाले आफुले सिकेको सिप अरुलाई सिकाउन पनि पाएको र अरुबाट पनि थप कुरा जान्ने मौका पाएको बताए ।
सुप्रिया वली सरस्वती मावि कक्षा ८ मा पढ्छिन् । उनले फालेका कार्टुन र पेन्सील काटेको फोहोरबाट फूल बनाएको कुरा धेरै देख्ने र सिक्ने अवसर प्राप्त गरे ।
‘हामीले फालेको वस्तुलाई पनि प्रयोगमा ल्याएर सजाउन सकिन्छ ।’ उनले भने(‘यो अरु साथीहरुले सिक्ने अवसर पाउनुभयो, मैले अरुले जानेका सिप बुझ्ने मौका पाएँ, विद्यालयमा सुनाखरी मेला लाग्न म खुशी छु ।’

विद्यार्थीले सिकेका सिप आदान प्रदान गर्नका लागि सरस्वती मावि दमारगाउँमा शुक्रबार सुनाखरी मेला संचालन भएको हो । सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैँयाँले सिकाई मेलाले बालबालिकाको बाहिरी ज्ञान सिकाईमा सकारात्मक भूमिका खेलेकोे बताए । ‘बालबालिकाको कितावीभन्दा बाहिरी ज्ञान प्राप्तीमा सिकाई मेला हो ।’ उनले भने(‘अहिलेका बालबालिका योग्य र सक्षम बन्नमा यसले भूमिका खेल्नेछ ।’
मेलामा विद्यालय, बैंक र अस्पताल गरी ३० वटा संस्थाले स्टलमा विद्यार्थीले बनाएका विभिन्न कुराको प्रदर्शनी गरेको टिच फर नेपाल दाङका व्यवस्थापक माधवप्रसाद देवकोटाले बताए । ‘मेलामा करिब ४ हजार जनाले अवलोकन गरेका छन् ।’ उनले भने(‘४१ संस्थागत उपस्थिति रहेको थियो ।’
विद्यार्थीको चौतर्फी विकासका लागि सुनखरी सिकाई मेला संचालन गरिएको उनले बताए । ‘विद्याथीले एकले अर्कोलाई सिप देखाउने अवसर नै सिकाई मेला हो ।’ उनले भने(‘यो मेलाले बालबालिकाको चौतर्फी विकासमा महत्वपूणर् सहयोग पुग्नेछ ।’

सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्ण बहादुर खड्काको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले सिकाई मेलाले बालबालिकाको अतिरिक ज्ञान प्राप्तीमा महत्वपूणर् भूमिका खेलेको बताए ।
यस्तै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले सिकाई आदान प्रदानले सक्षम र दक्ष जनशक्ति उत्पादनमा महत्वपूणर् भूमिका खेल्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी, तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक तथा तुलसीपुर(११ का अध्यक्ष मान बहादुर रावत, सरस्वती माविका प्रधानाध्यापक जंगबिर केसीले वर्सेनि संचालन हुने सिकाई मेलाले बालबालिकाको चौतर्फी विकासमा सहयोग पुगेको बताए । कार्यक्रमको सहजीकरण बिमला वली र सिद्धान्त बोहराले गरेका हुन् ।



