तुलसीपुर,१८ माघ ।
तुलसीपुरमा क लाइनमै रहेको एक सुनचाँदी पसलमा आगलागी भएको छ ।राष्ट्रिय वाणिज्य बैंक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा बिहिबार बेलुका साढे सात बजेतिर आगलागी भएको हो ।आगो करिब २० मिनेटमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ललित गुप्ताले संचालन गरेको सुनचाँदी पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।तुलसीपुर उपमहानगरपालिकाको दमकल र प्रहरीको सहायताले आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ । समयमै आगो नियन्त्रणमा ल्याएका कारण वरपरका पसल क्षति हुनबाट जोगिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन् । क्षतिको विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds