दोर्ण के.सी.
तुलसीपुर २१ असोज
सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टी दाङको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष नोम बहादुर के.सीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ का वडा सदस्य तथा कार्यबाहक अध्यक्ष कर्ण बहादुर बुढाको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ की महिला वडा सदस्य शान्ता रानाको विशिष्ट आतिथ्यतामा संस्थाको १२ औ साधारणसभा तुलसीपुर–३ डाँडाखुट्टीमा सम्पन्न भएको हो । संस्थाका सचिव थम्मन (दिपक) के.सी ले सांगठानिक तथा संस्थाकी कोषाध्यक्ष चेतना डाँग। ीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा समाजशेवी अम्मर सिं के.सी., संस्थाका पूर्व अध्यक्ष एंव समाजशेवी चेत बहादुर टमटा, संस्थाका पूर्व अध्यक्ष भरत महतरा, संस्थाका पूर्व उपाध्यक्ष

बालकृष्ण खरेल, संस्थाकी लेखा समिति सदस्य छवि कुमारी खरेल, र सम्ँझना बहुउद्देश्य सहकारी संस्था लिमिटेडका लिलाधर खरेल, सम्ँझना बहुउद्देश्य सहकारी संस्था लिमिटेडका कोषध्यक्ष खकेन्द्र प्रसाद खरेल, सम्झना सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर–३ का अध्यक्ष शिवलाल के.सी., सव डिभिजन कार्यालय तुलसीपुरका प्रतिनिधी कुल बहादुर रेउले

लगायतले शुभकामना मन्तव्य दिनुभएको हो । सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभामा थर्कोट राष्ट्रिय त्रैमासिकका प्रकाशक दोर्ण बहादुर के.सी, समाजशेवी अम्मर सिं केसी, पूर्व अध्यक्षहरू भरत महतरा, चेत बहादुर टमटा, संस्थाको अध्यक्ष नोम बहादुर के.सी. ले सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभाको वार्षिकउत्सवको अवसर पारी ७० वर्षका बृद्वबृद्वाहरूलाई सम्मान गरेका थिए । ंसथाले रिक्त रहेको सचिवको ठाउँमा शोभा के.सी.लाई सचिवमा तथा सदस्यहरूमा अमर घर्ती मगर, टेकमाया भण्डारीलाई सञ्चालक समितिको कार्य समितिमा अनुमोदन गरिएको छ । कार्यक्रममा सहकारीका संस्थापक सञ्चालक समितिहरूलाई दोसल्ला ओढाएर मायाको चिनोले सम्मान गरिएको थियो । संस्थाका पूर्व उपाध्यक्ष बालकृष्ण खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाका सचिव थम्मन (दिपक) के.सीले गर्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds