




दोर्ण के.सी.
तुलसीपुर, १२ साउन । पूर्व संघिय स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले ३÷३ महिनामा सरकार फेरवदल भएकै कारणले गर्दा देश आर्थिक रुपले ध्वस्त हुदै गएको बताउनु भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै मन्त्री केसीले सरकार कै लापरबाहीले गर्दा हाम्रो जस्तो देश दुनियाँमा कहि कतै नभएको बताउनुभएको थियो । हामीलाई स्थायी सरकार चाहिएको छ । ३÷३ महिनामा ६÷६ महिनामा सरकार परिवर्तन ग¥यौं भने राज्य कता जान्छ कता कसैले भन्न सक्दैन । हाम्रो जस्तो देश दुनियाँमा छैन । जसले जनताको ढाड सेक्ने गरि कर असुल गर्छ । यति धैरै कर कतै छैन तर नेपालमा छ । त्यसैले यहाँका राजनीतिक दल यहाँका उद्योगी व्यवसायी मेलेर राज्यलाई दबाबको सिर्जना गर्नुपर्ने बेला भएको छ । अबको नेतृत्व सक्षम जानुपर्ने बेला आएको छ ।’ केसीले भन्नुभयो । टरिगाउँ एयरर्पोटको प्रसंगको स्मरण गर्दै बजेट उहाँले स्तरवृद्धिका लागि आफूले निरन्तर पहल गरेको बताउँदै कतिपय अवस्थामा बजेट परेपनि कार्यान्वयन नहुँदा समस्या भएको बताउनुभएको थियो । फरक प्रसंगमा पूर्व राज्यमन्त्री केसीले चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले चेम्बरलाई संस्थागत विकास गर्ने मात्रै नभई सामाजिक क्षेत्रमा समेत महत्व पूर्ण योगदान





पु¥याएको भन्दै प्रशंसा गर्नु भएको थियो । सो अवसरमा चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश महासचिव जेपी कँडेल, तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वली, तुलसीपुर उपमहानगरपालिका –५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, १२ का वडा अध्यक्ष खुशीराम चौधरी, सो अवसरमा नेकपा एमालेका रुप बहादुर खत्री, माओवादी केन्द्रका मोहन थापा, राप्रपाका दामोदर भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, चेम्बरका घोराही नगर अध्यक्ष दुलर्भ केसी, राप्ती चेम्बरका अध्यक्ष नेमलाल बेलबासे, तुलसीपुर खानेपानीका सचिव शेवक राम भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बस्नेत, व्यवसायीहरू जनक प्रसाद खराल, होताराम आचार्य, लालबहादुर केसी लगायतले व्यवसायिक हितका लागि सबै व्यवसायी सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा उद्योगपती डिल्ली बहादुर बस्नेत, शिक्षक भागवत पौडेल, लक्ष्मण गिरी, दीपक बस्याल, अन्जना पुन, ममता पुन, राधीका वली लगायतलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिएको थियो । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको साधारणसभामा महासचिव प्रेम प्रकाश गिरी र कोषाध्यक्ष सन्तोष खडकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमति चयन गर्ने भएको छ ।



