सडक मर्मतका लागि राम्री–कपुरकोट सडक तिनदिन अवरुद्ध हुने

Byदोर्ण के.सी.

११ आश्विन २०८१, शुक्रबार १५:४५ ११ आश्विन २०८१, शुक्रबार १५:४५ ११ आश्विन २०८१, शुक्रबार १५:४५

थर्कोट समाचारदाता
दाङ, ११ असोज ।
राप्ती राजमार्गको दाङ – सल्यान सडकखण्ड अन्तर्गत पर्ने राम्री(कपुरकोट सडकखण्ड आईतबारदेखि अवरुद्ध हुने भएको छ। सडक मर्मतका लागि तीन दिन सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको हो । ठुला सवारी साधन टिप्पर र ट्रकका लागि मात्रै सडक अवरुद्ध हुने भएको हो । अरु साना सवारी साधन भने निर्वाधरुपमा संचालन हुने प्रशासनले जनाएको छ । सडकमा पहिरो खसेको र कतिपय ठाउँमा सडक भासिएको समेत हुँदा मर्मतका लागि ठुला सवारी साधन टिप्पर र ट्रक बन्द गरिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds