




थर्काेट समाचादाता
तुलसीपुर -१६ बेलुवा
सगरमाथा विद्यालय तुलसीपुरले आज एक कार्यक्रमकाे आयाेजना गरि खेल सप्ताह-२०८२ तुलसीपुर उपमहानगरपालिका -३ बेलुवामा सम्पन्न गरेकाे छ । विद्यालयका प्रिन्सिपल छवि कुमार वलीकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका -०९ नम्बर वडाका अध्यक्ष घनश्याम ढकालकाे प्रमुख आतिथ्यता तथा विद्यालयका सिओ यमकान्त खरेलकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।


विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथाेकी, विद्यालयका काेर्डिनेटर नारायण खड्का लगायतको सहभागीता रहेकाे थियाे । विद्यालयबाट र्याली सुरुभई बजार परिक्रमा गरिएकाे थियाे । विद्यालयका एकाडेमिक हेड तिलक डाँगीकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सहजिकरण विद्यालयका प्राेग्राम चिफ शरद शर्मा मज्गैयाले गर्नुभएको थियाे ।


