दोर्ण के.सी.
तुलसीपुर २४ फागुन ।
कुनैपनि संस्थालाई राम्रो र हाम्रो बनाउनका लागि सम्पूर्ण सञ्चालक समिति, सम्पूर्ण शेयर सदस्यहरू सक्रियताकासाथ लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागी वक्ताहरूले जोड दिएका छन् । श्री सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडले तुलसीपुर–३ शिवपुरमा आयोजना गरेको समिक्षा बैठकलाई सम्बोधन गर्दै सहभागि वक्ताहरूले सहकारी संस्था सबैको साझा संस्था भएकोले यसको स्तर उन्नतीका लागि सबै एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिएका हुन् । श्री सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नोम बहादुर के.सीको अध्यक्षतामा सम्पन्न सो बैठकले संस्थालाई अझ मजबुद र राम्रो बनाउनका लागि विभिन्न समितिहरू समेत गठन गरेको छ । जसको प्रेस सल्लाहकारमा थर्कोट राष्ट्रिय त्रैमासिक पत्रिका एंव THARKOT.COM.NP का सञ्चालक दोर्ण के.सीलाई सर्बसहमतीबाट चयन गरिएको छ भने । त्यस्तै गरि बिनिता गिरीको संयोजकमा तिन सदसीय ऋण समिति सर्बसहमतीबाट चयन गरिएको छ, जसको सदस्यहरूमा अञ्जना डाँगी र कृष्ण बहादुर के.सी. रहनुभएको छ । यसैबिच संस्थाले खकेन्द्र प्रसाद खरेलको ंसंयोजकमा तिन सदसीय अनुगमन तथा मुल्याङ्कन समिति सर्बसहमतीबाट चयन गरेको छ, जसको सदस्यहरूमा अमर सिंह के.सी. र हिरा बि.क रहनुभएको छ । त्यस्तै गरि संस्थाका पूर्व अध्यक्षहरू चेत बहादुर बि.क., भरत महतरालाई सल्लाहकारमा सर्बसहमतीबाट चयन गरिएको छ । सो कार्यक्रममा संस्थाका सचिव थमन के.सी, कोषाध्यक्ष चेतना डाँगी, सदस्यहरूमा डुलधर कँडेल, गुञ्ज बहादुर के.सी, चेत बहादुर बि.क., ईन्द्रप्रसाद गिरी, अमर सिंह के.सी.लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीरण संस्थाका सचिव थमन के.सीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds