थर्कोट समाचारदाता
घोराही १९ माघ
घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण पौडेलले शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीको योगदानको प्रशंसा गर्दै, शिक्षालाई आत्मनिर्भर र गुणस्तरीय बनाउन सरकार र निजी क्षेत्रको सहकार्यको आवश्यकता रहेको औल्याउनुभएको थियो। गुरुकुल एकेडेमी घोराही दाङले शनिवार दाङमा आयोजना गरेको एकेडेमीको १०औँ वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गुरुकुलको शैक्षिक प्राणलीलाई निरन्तरता दिनुपर्नेमा सबकैको साथ सर्मथन अपरिहार्य रहेको बताउनुभएको थियो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई प्रेरित गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा विद्यालयले गरेको कार्य निकै सह्रानिय रहेको उल्लेख गर्नुभएको थियो । यस्तै प्रियाशनले राज्य भन्दा एक कदम अगाडि रहेर विद्यालय सुधारको लागि आफ्ना शिक्षकहरुलाई त्यहि किसिमले स्थापित गर्न सकेन भने सामाजिक रुपमा सदाबाहार बन्न नसकिने भन्दै त्यता तर्फ केन्द्रित हुन समेत विद्यालयलाई अनुरोध गर्नुभएको थियो । गुरुकुल एकेडेमी घोराही दाङका ईन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यक्रममा पद्य्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय घोराहीका प्रधानाध्यापक लोक बहादुर बस्नेतले सरकारी संस्था भनेको प्राइभेट संस्था पनि हो सरकारले अनुमती नदिएको भए प्राइभेट संस्थाहरु नखुल्ने बताउदै प्राइभेट संस्था राम्रो बनाउन सरकारी संस्थाहरु राम्रो हुनुपर्ने बताउनुभयो । गुरुकुल एकेडेमी विद्यालयले कस्तो कार्य गरेको छ विद्यार्थिहरुले के कस्ता कुरा सिकेका छन भन्ने कुरा मैले गेट भित्र प्रवेश गर्दा वित्तिकै मैले देखे थाहा पाए , बस्नेतले भन्नुभयो । पछिल्लो समयमा नेपालकको वर्तमान अवस्थाको चर्चा गर्दै बस्नेतले भन्नुभयो , विद्यार्थिहरु उच्च शिक्षा हासिल गर्न विदेश जाने तर नेपाल नफर्किने भएको हुदा नेपाल सरकारले उच्च शिक्षा हासिल पश्चात नेपाल फर्किएर नेपालमा सिकेको शिक्षा सदुपयोग गर्ने बातावरण श्रृजना गर्नुपर्ने उल्लेख गर्नुभएको थियो । कार्यक्रमको शुरूवातमा, गुरुकुल एकेडेमीले विद्यालयको शैक्षिक र सामाजिक योगदानको चर्चा गर्दै यस १० वर्षको यात्रा उल्लेखनीय रहेको बताएका थिए। अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले विद्यालयको भविष्यका योजनाहरू र शैक्षिक क्षेत्रमा नयाँ उचाइको लक्ष्य राख्दै सबैलाई समर्पित प्रयास गर्न आग्रह गर्नुभयो । वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रम, कला र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरू र विद्यार्थीहरूको उत्कृष्टता पुरस्कृत गरिएको थियो। साथै कार्यक्रममा नाटक , सास्कृतिक पोशाक प्रदर्शन बाँसुरीको धुन , विज्ञान प्रदर्शनि र क्यारीकेचर लगायतका प्रस्तुतिहरु राखेका थिए । शो अवशरमा विद्यार्थिहरुले मन्तब्य समेत राखेका थिए । यो उत्सवले विद्यालयको १० वर्षको यात्रा सफल र समृद्ध भएको प्रमाणित समेत गरेको छ। गुरुकुल एकेडेमीको १०औं वार्षिकोत्सव शिक्षामा नया उचाइको संकेतका रूपमा सम्पन्न भएको छ र यसले आगामी वर्षहरूमा अझ ठूलो सफलता र योगदान दिने अपेक्षा गरिएको छ । बार्षिकउत्सवको अवशरमा विद्यालयले गुरुकुल एकेडेमीमा १० बर्ष सेवा गरेका ८ जना शिक्षक तथा कर्मचारीहरुलाई नगद सहित सम्मान समेत गरीएको हो । सम्मानित हुनेहरुमा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी ,यसैंगरी गुरुकुल एकेडेमी घोराहीका मन्टेस्वरी संयोजक लोचना पौडेल , प्रशासन प्रमुख गोमा गौतम , इसिए संयोजक विशालमान श्रेष्ठ,शिक्षिका आशा कुमारी चौधरी , सवारी चालक शंकर चौधरी र हेमराज चौधरी यसैगरी भान्सा कर्मचारी चन्द्रकला गिरी रहनुभएको छ भने गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनाललाई पनि विद्यालयले सम्मान गरेको हो । यसै गरी कक्षा ५ , ८ ,१० र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थिहरुलाई पनि सम्मान गरीएको हो । गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा। कृष्णराज डिसिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यार्थिहरु श्रृज्वल पौडेल, प्रशंसा शर्मा र सुबिना विष्टले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds