थर्कोट समाचारदाता
तुलसीपुर ५ दोघरे ।
दाङको तुलसीपुर स्थित एक विद्यालयका विद्यार्थीहरू घरतर्फ गएपछि विद्यालय दिउँसै सुनसान भएको छ । विद्यालयको गेटदेखि कक्षाकोठाका ढोकासम्म सबै खुल्लाछन् । भदौ ५ गतेका दिन सरकारी क्यालेण्डर, शिक्षा ऐनको क्यालेण्डर अनुसार नत कुनै सार्वजनिक विदाको दिन तोकेको छ, नत कुनै कार्यक्रमको तय तर विद्यालयमा नत शिक्षक थिए नत विद्यार्थी दिउँसै सुनसान थियो । यो कुरा हो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित माध्यामिक विद्यालय दोघरेको । जहाँ बिहिबार दिउँसोको करिब २ बजेको समयमा विद्यालय सुनसान थियो । विद्यालयका सबै कक्षा कोठाहरु खुल्ला थिए । विद्यालयको गेट खुल्ला थियो । तर विद्यालयमा कोही पनि छैनन् ।

विद्यार्थीहरू सबै घरतर्फ फर्किसकेका थिए । विद्यालयकी प्रधानाध्यापक सुनिता यादवले विद्यालय सञ्चालन गरेको भए पो विद्यालयमा शिक्षक तथा विद्यार्थीहरू हुन्छन् । किनकी विद्यालयकी प्रधानाध्यापक सुनिता यादवको सरसल्लाहमा शिक्षकहरु तुलसीपुरको तीजको दरखान डिलाइट होटेलमा गएर तीजको दर खाने कार्यक्रममा व्यस्त थिए ।
यो कुरा हो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको माध्यमिक विद्यालय दोघरेमा बिहिबार दिउँसो २ बजेको रमाईलो दृश्य ।

बिहिबार दिउँसो २ बजे विद्यालयको समयमै विद्यालयकी प्रधानाध्यापक सुनिता यादव सहित सम्पूर्ण शिक्षक कर्मचारी तीजको दर खान हिडेपछि मावि दोघरे दिउँसै सुनसान भएको हो ।

बिहिबार दिउँसो २ बजे विद्यालयको समयमै विद्यालयकी प्रधानाध्यापक सुनिता यादव सहित सम्पूर्ण शिक्षक कर्मचारी दिउँसो १ बजेपछि दर बजार खान हिडेपछि विद्यार्थीहरु दिउँसै घरतिर गएका हुन् । विद्यालयमा विद्यार्थी नभएपनि कक्षा कोठा र विद्यालयको गेट भने खुल्लै राखिएको थियो ।

तर कस्तो अचम्मको कुरा विद्यालयमा समाचार संकलनका लागि पत्रकार पुगेको थाहा पाएपछि विद्यालयकी प्रधानाध्यापक सुनिता यादव सहित सम्पूर्ण शिक्षक कर्मचारीहरू करिब १० मिनेटमै दर खान छोडेर विद्यालय परिसरमा पुगेका थिए । यसै प्रसङ्गमा विद्यालयकी प्रधानाध्यापक सुनिता यादव भन्छिन विद्यार्थीसंगको तीज कार्यक्रमपछि डिलाइट होटेलमा शिक्षक स्टाप नास्ता खान गएको गएका थियौ । ‘विद्यालयको नयाँ भवनमा तीज विषेश कार्यक्रम गरेका थियौँ ।’ उहाँले भन्नुभयो–‘विद्यार्थी घर गएपछि हामी शिक्षकहरु नास्ता खान बजार निस्केका हौँ ।’ के अघिपछिको समयमा विद्यालयमा नास्ता अफिसमै आउथ्यो भने आज किन जानु पर्यो त डिलाइट होटेलमा शिक्षक स्टाप नास्ता खान, यसप्रति सम्बन्धीत सरोकारवाला निकायहरू गम्भिर हुन जरूरीछ ।

यता विद्यालयका सुचना अधिकारी मेघराज पोखरेलले बिहिबार विद्यालयमै तीज विषेश कार्यक्रम गरिएको र विद्यार्थीलाई घर पठाएर बजार तीजको दर खान भन्दा पनि नास्ता खान गएको बताएका छन् । उनी भन्छन् ‘विद्यालयको नयाँ भवनमा कार्यक्रम राखिएको थियो, विद्यार्थीको नृत्य प्रतियोगिता पनि थियो त्यो कार्यक्रम सकेर हामी बजार गएका हौँ ।’

तर यता विद्यालयमा भने तीज विषेश कार्यक्रम भएको बारेमा पनि विद्यालय व्यवस्थापन समितिले कुनै जानकारी नभएको बताएको छ ।
तर सूचना अधिकारी पोखरेलले नृत्य प्रतियोगिता राखेको बताएपनि त्यो नृत्य प्रतियोगिता थिएन । किनभने नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयको नतिजा हुनुपर्ने तर कोहि पनि विद्यार्थी प्रथम, द्वितीय नै नभएको सूचना अधिकारी पोखरेल आफैले स्विकार गरेका थिए ।

विद्यालयको कार्यक्रममा यि सबै कुराहरू बहाना मात्रै थिए । विद्यार्थीलाई केहि समय साँस्कृतिक कार्यक्रममा सहभागी बनाएर शिक्षकहरु भने बजारमा दर कार्यक्रममा गएको बताईएको हो ।

यस्तो भन्छन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द गिरी विद्यालयले बिहिबार कार्यक्रम राखिएको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताएका छन् । ‘हिजो बुधबार एउटा बैठक थियो, तर मैले विद्यालयमा तीज विषेश कार्यक्रम भएको कुनै जानकारी नै पाएन ।’ उनले भने मलाई अरु साथीहरुले पनि विद्यालय बन्द छ, तपाईलाई जानकारी छ कि नै भनेर खबर गरेका थिए, तर मलाई केहि जानकारी थिएन ।’

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले कुनै जानकारी बिनै विद्यार्थीको पढाईलाई प्रभावित गरेर तीज विषेश कार्यक्रम गर्नु उचित नभएको बताएका थिए । ‘आज तीज विषेश कार्यक्रम कुनै सन्दर्भ पनि मिलेको छैन् ।’ उनले भन्नुभयो–‘शुक्रबारसम्म ठिकै हो, आज त केहि सन्दर्भ नै मिलेको छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds