




थर्काेट समाचारदाता
तुलसीपुर ०२ पुस
लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालयस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तुल्सीपुर उपमहानगरपालिका वडा नं. २ को कार्यालय र तुल्सी सामाजिक विकास केन्द्र संस्थाको संयुक्त आयोजनामा किशोर–किशोरीहरूलाई लक्षित गरी लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालयस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हाे। तुल्सी सामाजिक विकास केन्द्र संस्थाका अध्यक्ष ओद बहादुर भण्डारीको अध्यक्षता एंव तुल्सीपुर उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष भिम बहादुर योगीको प्रमुख अतिथिमा तथा त्यस्तै, वडा सदस्य मोहनलाल डाँगी विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा जनप्रिय इङ्लिस सेकेन्डरी स्कुलका प्रधानाध्यापक प्रकाश शर्मा अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख प्रशिक्षक तथा अधिकारकर्मी शुशील बस्नेत र प्रशिक्षक ओम प्रकाश न्यौपानेले लागुऔषध दुर्व्यसनीका कारण, प्रभाव र यसबाट बच्ने उपायका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो। जनप्रिय इङ्लिस सेकेन्डरी स्कुलका कक्षा ९ र १० मा अध्ययनरत करिब ७० जना विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा अतिथिहरूले लागुऔषध दुर्व्यसनी नियन्त्रणमा विद्यालय, अभिभावक र समुदायको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण तुल्सी सामाजिक विकास केन्द्र संस्थाकी सदस्य प्रेरणा परियारले गर्नुभएको थियो ।

