लघुवित्तिय संस्थाको ज्यादती बिरुद्ध संघर्ष समिति नेपालको प्रथम सम्मेलन सम्पन्न

Byदोर्ण के.सी.

१५ माघ २०८०, सोमबार १४:३८ १५ माघ २०८०, सोमबार १४:३८ १५ माघ २०८०, सोमबार १४:३८

दाेर्ण के.सी.
नवलपुर १५ माघ ।

लघुवित्तिय संस्थाको ज्यादती बिरुद्ध संघर्ष समिति नेपालको प्रथम सम्मेलन उदघाटन समारोह नवलपुरको गैंडाकोटमा सम्पन्न भएको छ । लघुवित्तिय संस्थाको ज्यादती बिरुद्ध संघर्ष समिति नेपालका केन्द्रिय अध्यक्ष मनिराम

ज्ञवालीको अध्यक्षमा एंव लघुवित्तिय संस्थाको ज्यादती बिरुद्ध संघर्ष समिति नेपालका केन्द्रिय संरक्षक अगस्त अधिकारी प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नवलपुरको गैंडाकोटमा आयोजित कार्यक्रमका अन्य अतिथिमा लघुवित्तिय संस्थाको ज्यादती बिरुद्ध संघर्ष समिति नेपालका ञकेन्द्रिय सल्लाहाकार प्रमुख बिष्णुमाया बुढाथोकी, विदेस बिभाग प्रमुख गगन सिंह बि.क., प्रदेश १ का इन्चार्ज रमेश सेन्चुरी, मधेश प्रदेशका इन्चार्ज युवराज बि. क.,गण्डकी प्रदेश इन्चार्ज धनमाया बि.क.कर्णाली प्रदेश

इन्चार्ज फत्ते बहादुर पुन, सुदुरपस्चिम प्रदेश इन्चार्ज मणि प्रसाद चौलागाईं,राष्ट्रिय स्वयंसेवक संघ नेपालका केन्द्रिय संयोजक मनोज पौड्याल लगाएतका रहनुभएको थियो । अध्यक्ष ज्ञवालीले सरक्षक अगस्त अधिकारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठनको घोषणा गर्दै तत्कालीन आफु नेतृत्वको समिति बिघटनको घोषणा गर्दै उदघाटन समारोह समापन गर्नुभएको हो । निर्वाचन समितिको सदस्यमा सम्मेलन प्रतिनिधिहरुले गगन सिंह बि.क. र बिष्णुमाया बुढाथोकिलाई अनुमोदन गरेकाछन ।

निर्वाचन समितिले बन्दशत्र कार्यक्रमको तालिका सार्वजनिक गर्दै आजलाई सम्मेलनका सम्पुर्ण भोली बिहान ९ बजे सम्मका लागि स्थगित भएको जानकारी दिएकोछ । प्रथम एतिहाँसिक सम्मेलनमा देशभरका ५० बढि जिल्लाका ५०० बढि जिल्लास्तरिय मुख्य अभियान्ता हरुको सहभागिता रहेको आयोजकले जनाएकोछ ।

बन्दशत्र बाट आगामि २ बर्षे कार्यकालका लागि नँया नेतृत्व चयन, संगठन परिचालन निर्देशिका र नेपाल सरकार संग तत्काल पेश गरिने माग लगाएतका एजेण्डाहरु पारित गर्दै १७ गते घोषणासभा पश्चात् प्रथम सम्मेलन समापन हुने समेत आयोजकले जनाएकोछ। गण्डकी प्रदेश इन्चार्ज अभियान्ता धनमाया बि. क.ले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन केन्द्रिय सचिव तथा बागमति प्रदेश इन्चार्ज रमेश तामाङले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds