रुकुम पश्चिममा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु, १० जना गम्भीर घाईते

Byदोर्ण के.सी.

९ कार्तिक २०८२, शनिबार ००:१८ ९ कार्तिक २०८२, शनिबार ००:१८ ९ कार्तिक २०८२, शनिबार ००:१८

थर्काेट समाचारदाता
रुकुम पश्चिम, ७ कात्तिक ।  
रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ भने अन्य १0 जना गम्भीर घाइते भएका छन् । अहिले घटना स्थलमा उद्धारको काम चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अहिलेसम्म ८ जनाको शव फेला परेको र १० जना गम्भीर घाइते रहेको प्रहरीलाई उदृत गर्दै सिलाेआम मण्डली तुलसीपुरका पास्टर मनाेज बस्नेतले जानकारी दिनुभएको छ  । उहाँले गाडिमा सवार सबै यात्रुहरु विश्वासी भएको जानकारी दिनुभएकाे हाे । उहाँ भन्नुहुन्छ ,
“अत्यन्तै दु:खद खबर , ख्रीष्टिय राजदुत शिविर बाफिकोट गा.पा -६ लिस्ने पक्षिम रुकुम बाट फर्किदै गर्दा जीव दुर्घटनामा परी ८  जना जवानहरुको घटना स्थलमा दु:खद निधन भएको छ साथै , अरु बाकी १० जना गम्भीर घाइते भएका छन। यस दुर्घटनाले हामी क्षतविक्षेत र भावबेहाल भएका छौँ । मृतकका परिवारलाई सान्त्वनाको प्राथना गरिदिनु हुन सम्पुर्ण नेपाली भाषी मण्डलीहरुलाई विनम्र अनुरोध गर्द्छौ। नजिक हुनुहुने अगुवा पास्टर ज्युहरुलाइ सहयोगमा जुटनुहुन अनुरोध गर्दछौं।


प्रहरीका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ जादै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा दुर्घटना भएको हो । गाडी चालक टोपजंग बुढा रहेको र उहाँ गम्भीर घाइते रहेको बताइएको छ । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनाका सबै ८ मृतक र १० घाइतेकाे नामावली यसप्रकार छन् ।

मृतकहरू :
१. कमला ओली, वर्ष ३०, आठबिसकाेट नगरपालिका ३
२. टेकजंग बुढा, वर्ष १६, आठबिसकाेट नगरपालिका १
३. दिलमाया बुढा, वर्ष १५, आठबिसकाेट नगरपालिका १
४. मनिका ओली, वर्ष १७, आठबिसकाेट नगरपालिका २
५. सर्मिला बिक, वर्ष १८, आठबिसकाेट नगरपालिका २
६. गाेपाल ओली, वर्ष २२, आठबिसकाेट नगरपालिका २
७. कल्पना नेपाल, वर्ष १५, आठबिसकाेट नगरपालिका १
८. सबिता बिक वर्ष २८, आठबिसकाेट नगरपालिका १

घाइतेहरू
१. सिर्जना बुढा, वर्ष १७
२. सपना नेपाल, वर्ष १५
३. जुना बुढा, वर्ष १८
४. संगिता बुढा, वर्ष १७laser
५. शान्ति बुढा, वर्ष १९
४. अञ्जना ऐरी, वर्ष १७
७. महिमा ओली, वर्ष २०
८. मनिषा थापा, वर्ष १७
९. सबिता बिक, वर्ष १५
१०. टाेपजंग बुढा, चालक, वर्ष ३४
नाेट : चालक बाहेक सबै घाइते आठबिसकाेट नगरपालिका १ का हुन् ।
घाइते मध्ये जुना बुढा, वर्ष १८ लाई थप उपचारका लागि नेपालगञ्ज रिफर सिलाेआम मण्डली तुलसीपुरका पास्टर मनाेज बस्नेतले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds