दोर्ण के.सी./ सागर सुबेदी,\माघ ११ ,तुुलसीपुर

तुलसीपुरमा ५औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सन्चालन भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना माध्यमिक बिद्यालय मा अतिथिको रुपमा पाल्नु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष मान बहादुर रावतले अबको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं ११ मा पर्ने अमर मा वि मा आयोजना गर्ने रहर भएको बताएका छन ।

आफ्नो वडामा पर्ने अमर मा वि लाइ आँउदो छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरेमा आफुले वडाका बजेट कटौती गरेर तिन लाख बजेट विनियोजन गरिदिने प्रतिबद्धता गर्नु भएको हो ।उनले भनेका छन “छैठौँ राष्ट्रपति रनिङशिल्ड मा तुलसीपुरका शिक्षा प्रेमी महानुभाव तथा खेलकुद प्रेमीहरुलाइ अमर मा वि मा उपस्थित गराउने मन छ ,बिहान १२ बजेसम्म हुस्सु लाग्ने खेल मैदान मा खेल खेलाउन मन छ । यो अवसर प्रदान गर्न म सबै बिद्यालयका प्र.अ हरुलाइ अनुरोध गर्दछु । यो अवसर प्रदान गरेमा वडाको विकासको बजेट कटौती गरेर तिन लाख बजेट छुट्याँउछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds