









दोर्ण के.सी.
भालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाको नौं स्थापना दिवस बिहिवार विशेष समारोहको आयोजना बिच सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष समारोहमा दर्जन बढीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । जस अनुसार साइकल दौड प्रतियोगिताका बिजेता, उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, उत्कृष्ट किसान तथा उद्यमी, कर्मचारी, पत्रकार, करदातालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । जस अनुसार उत्कृष्ट विद्यार्थी तर्फ सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि शहिद श्रीनारायण स्मृति पुरस्कारबाट ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका सागर चौधरी, आदर्श नमुना माध्यमिक विद्यालय, लालमटियाका रेनिशा थारु, शहिद राधाऋषि स्मृति पुरस्कारबाट सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका राजिव योगी, ज्ञानोदय माध्यमिक विद्यालय, पत्थरगढवाका सुनिता शेर्पा, संस्थागत विद्यालय तर्फ शहिद राम–प्रकाश स्मृति पुरस्कारबाट गोरखा आईडल स्कुल लालमटियाका दिवस पुन मगर, दिपज्योती इंगलिस स्कुल सिसहनियाँका गरिमा चौधरी, शहिद राधाऋषि स्मृति पुरस्कारबाट पब्लिक एजुकेसन एकेडेमी लालमटियाका विनोद बुढाथोकी, सोही विद्यालयकै सजिना आचार्य, समिक्षा अधिकारी पुरस्कृत भएका थिए । त्यस्तै उत्कृष्ट विद्यालय तर्फ आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया पनि पुरस्कृत भएको छ । कृषि तर्फ राप्ती केरा प्रवद्र्धन समूह, उत्कृष्ट उद्यमी तर्फ रम्तेल सहकारी संस्था राप्ती ५ करङ्गे, राप्ती गार्मेन्ट उद्योग राप्ती ८ पिपरी, सबै भन्दा बढि व्यवसाय कर तिर्ने श्री जनउत्थान सामुदायिक लघुवित्त संस्था लि, मरणोपरान्त तर्फ स्व. मोती अधिकारी लालमटिया, स्व. डम्बर राज भुसाल मौरीघाट, संघ सस्था तर्फ आशाका किरण संस्था भालुवाङ, ईलाका प्रहरी कार्यालय भालुवाङ, शसस्त्र प्रहरी बल, ज्वालामाई गण भालुवाङ सम्मानित तथा पुरस्कृत भएका छन् । यस्तै दिर्घ सेवा तर्फ राप्ती गाउँ पालिकाकी महिला विकास निरिक्षक जीवन कुमारी जिसी, उत्कृष्ट कर्मचारी तर्फ अधिकृतस्तरकी, सि.अ.न.मि अधिकृत छैठौँ भारती सन्यासी, सहायक स्तरकी असिस्टेन्ट सव ईन्जिनियर विमला भट्टराई, सूचना सम्पादन तथा अभिलेखकर्ता तुल बहादुर कंवर मगर, श्रेणीविहिन तर्फका कर्मचारीमा राप्ती गाउँपालिका– ७ का कार्यालय सहयोगी परशुराम चौधरी, भालुवाङ अस्पतालका कार्यालय सहयोगी माया कुमारी चौधरी, गाउँपालिकाको लोगो निर्माण तर्फ रोजगार संयोजक मुमाराम भुसाल, एम।आइ।एस अपरेटर नारायण राउत क्षेत्री, पूर्व प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल सम्मानित भएका छन् । यस्तै पत्रकारिता सम्मान तर्फ देउखुरी टुडेका अध्यक्ष÷प्रधान सम्पादक सन्तोष कुमार गुप्ता, दंगाली अनलाइन खवरका कार्यकारी सम्पादक मुक्तिराम पौडेल, देउखुरी टुडेका समाचारदाता मोतीराम भट्टराई, देउखुरी पोष्टका सञ्चालक भिसुन शाही ठकुरी, टक्सार मिडियाका लक्ष्मी पोख्रेल, सिधापत्र डटकमका ईराधा झाक्री मगर, फोटो पत्रकार बालकृष्ण थापा, राप्ती पोष्टका जमिर शाह, एबीसी सञ्चार डटकमका विदुर एमसी, हाम्रो लुम्बिनी न्युज डटकमका बासुदेव न्यौपाने र पत्रकार विनोद घिमिरे सम्मानित भएका छन् । सो समारोहमा बोल्दै प्रमुख अतिथि चौधरीले पालिकाको आर्थिक विकासका लागि सवैको सहयोग आवश्यक रहेको बताएका छन् । त्यस्तै उहाँले संघ, प्रदेश सरकारको अनुुदान सँगै स्थानीय स्रोत साधानको उपयोग गरेर आर्थिक स्रोतको जोहो गर्न आवश्यक रहेको समेत उहाँले बताउनु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूले जनताको सेवालाई प्रभावकारी बनाउन स्थानीय निजामती ऐन अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । प्रदेश राजधानीलाई व्यवस्थित बनाउन जग्गा एकीकरण पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले अहिले जग्गा एकिकरणको काम कार्यान्वयनको तयारीमा जुटेको बताउनु भएको थियो । राजधानी व्यवस्थापन गर्न २० वर्ष लाग्ने र २ खर्व बजेट आवश्यक रहने बताउनु भएको थियो । यस्तै उहाँले राप्ती चक्रपथको बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको थियो । उहाँले पालिकालाई आर्थिक रूपले बलियो बनाउन राजश्व बाँडफाँडमा ध्यान दिन तथा समीक्षा गर्न आवश्यक रहेको बताउनु भएको थियो ।
त्यस्तै सविधानसभा सदस्य दामा शर्माले संघर्षबाट ल्याएको सरकार त्यसमा पनि नजिकको सरकार स्थानीय सरकार भएको बताउँदै उहाँले जनताको घरदैलोमा सरकार कसरी पु¥याउने भन्ने विषयमा गम्भीर बन्न जरूरी रहेको बताउनु भएको थियो । त्यस्तै उहाँले जनतालाई पनि सरकारलाई बेला बेलामा घचघचाए मात्र नागरिकको सरकार बन्न सक्ने बताउनु भएको थियो । उहाँले राप्ती गाउँपालिका कृषिमा अब्बल पालिका भएकोले उत्पादन सँग पालिकालाई कसरी जोड्न सकिन्छ र किसानको उत्पादन र बजारीकरणमा ध्यान दिएकोमा आभार प्रकट गर्नु भएको थियो । उहाँले शिक्षा, स्वास्थ्यमा पनि पालिकाले राम्रो काम गरेको बताउनु भएको थियो ।
सो अवसरमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियो ।


