










दोर्ण के.सी.
दाङ, २९ भदौ ।
त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले सार्वजनिक सवारीका यात्रुहरू देउता समान भएकोले सम्पूर्ण यात्रुहरूसँग मिठासपूर्ण सदभाव, मायाप्रेम राख्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले यात्रुहरूलाई यात्राका क्रममा समयमै र गुणस्तरिय खाना खुवाउन यातायात व्यवसायी र श्रमिकलाई जिम्मेवार बन्न आग्रह पनि गर्नुभएको थियो । उहाँले लामो दुरीमा चल्ने सवारी साधनका यात्रुले समयमै खाना खान नपाएको र गुणस्तरहिन खाना खुवाउने गरेको गुनासो आउने गरेको भन्दै उहाँले कुनै पनि बसका यात्रुले समयमै र गुणस्तरिय खाना पाउनुपर्ने बताउदै यातायात व्यवसायी र श्रमिकलाई जिम्मेवार बहन गर्न आग्रह गर्नुभएको थियो । प्रा.लिले शनिवार तुलसीपुरमा आयोजना गरेको पाँचौ वार्षिक साधारण सभालाई सम्बोृधन गर्दै सो कुरामा सुझाब दिनुभएको हो । उहाँले दिउँसोको करिब १२ बजेभित्र र रातीमा १० बजेभित्र खाना खुवाउनुपर्ने बताउनुभएको थियो । उहाँले सवारी चलाउँदा कागजात साथमै बोक्ने कुरालाई पूर्ण पालना गर्न पनि आग्रह गर्नुभएको थियो ।


प्रालिले शनिबार तुलसीपुरमा गरेको पाँचौ वार्षिक साधारण सभामा अध्यक्ष हमालले त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको सफलतामा यातायात व्यवसायी, श्रमिक, यात्रु र नेतृत्व सबैको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको थियो । कार्यक्रममा नेपाली चलचित्रका नायक निखिल उप्रेतीले सुरक्षित यात्राका लागि चालक नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले चालकको सानो त्रुटिले पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले चालक जिम्मेवार बन्दा दुर्घटना न्यूनिकरणमा धेरै कमी आउने बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीले दुर्घटना न्यूनिकरणका लागि चालकले सडक अनुशासनको पूर्ण पालना गर्नुपर्ने बाताउनुभएको थियो । उहाँले दुर्घटनाबाट हुने क्षति बढ्दै गएकोले न्यूनिकरण गर्न सवारी चालक बढी जिम्मेवार ढंगका साथ प्रस्तुत हुनुपर्ने बताउनुभएको थियो । प्रालिका पुर्व अध्यक्ष देवी बहादुर डिसीले त्रिसिद्देश्वरी

यातायात प्रालिको सफलतामा सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । कार्यक्रममा पूर्व कार्यालय प्रमुख डा.लोकराज पराजुलीले यातायात क्षेत्रलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिँदै सडक यात्रालाई सुरक्षित बनाउन राज्य पनि गम्भीर बन्नुपर्ने बताउनुभएको थियो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सार्वजनिक यातायात सेवामा त्रिसिद्देश्वरीको भूमिका सशक्त बन्दै गएको बताउनुभयो । चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य धुर्वराज न्यौपानेले नेपालमा यातायातमा नीजि सवारी साधन बढ्दै गएको अवस्थामा सार्वजनिक यातायात सेवालाई विश्वासनिय र यात्रुमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो । नेपाल यातायात मजदुर संघका अध्यक्ष पदम वलीले आम नागरिकको पहुँचमा रहेको सडक यातायात सेवा विश्वसनिय बनाउनुपर्ने बताउनुभएको थियो । संरक्षक भरतनाथ योगीको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन समारोहमा प्रालिका प्रशासनिक सचिव नारायण न्यौपानेले प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रमको सहजीकरण प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।




