थर्कोट समाचारदाता
तुलसीपुर,१० साउन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले स्नातक तहमा व्यवस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा सञ्चालित कलेजले यसै शैक्षिक सत्रबाट बिएचटिएम र विविए कार्यक्रम सञ्चालन गर्न लागेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिएकाछन् । कार्यक्रमका बारेमा जानकारी दिनका लागि तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कलेज प्रमुख आचार्यले तुलसीपुर क्षेत्रमा पहिलो पटक यसखालको कार्यक्रम सञ्चालन गर्न लागिको जानकारी दिएका हुन् । तुलसीपुरलाइ शिक्षा क्षेत्रको मुल केन्द्रका रुपमा विकास गर्न स्थानीय सरकारको उद्देश्य अनुसार हामीले काम गरिरहेका छौ कलेज प्रमुख आचार्यले बताएका थिए । नयाँ कार्यक्रम सञ्चालनले विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि ठाउँ नै छाड्नुपर्ने बाध्यताको अन्त्य गरेको समेत उनको भनाई रहेको थियो । तुलसीपुर क्षेत्रका विभिन्न विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीप्रसाद भट्टराइले नेपालमा पर्यटन र होटेलको क्षेत्रमा सम्भावना बढ्दै गएकाले यस क्षेत्रको कार्यक्रम सञ्चालनमा विश्वविद्यालयले चासो दिएको समेत बताएका थिए । उनले विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि प्रयोगात्मक अभ्यासमा जोड दिने बताउँदै विश्वविद्यालयका शैक्षिक कार्यक्रम संयोजक राजेन्द्र घिमिरेले विभिन्न देशका विश्वविद्यालयसँग विद्यार्थी साटासाट कार्यक्रम मार्फत विद्यार्थीलाई अध्ययनका क्रममा अन्य देशमा पनि पठाउने जानकारी दिने बताएका थिए । उनले थप सिकाइ अन्तर्गत अन्तर्राष्ट्रिय भाषाको पनि अध्यापन गराइने जानकारी दिएका थिए । कार्यक्रममा विविए कार्यक्रमा बारेमा बन्दना शर्मा र मनोज केसीले जानकारी गराएका भएको थियो भने बिएचटिएमका बारेमा विवेक अधिकारी र कमल पन्थीले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds