तुलसीपुर २८ चैत्र
दाङको घोराही ७ सौडियार स्थित माध्यामिक विद्यालयले सौंडियारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको छ । यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षक – कर्मचारीहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको बुधबार भएको सामुहिक छलफलमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने निर्णय गरेका हुन् । छलफलका क्रममा विद्यालय ब्यस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले शिक्षक र कर्मचारिकै छोराछोरी बाहिर निजी विद्यालयमा पढ्न जादा विद्यालयको शैक्षिक अबस्था सहित गुणस्तर बारे नकारात्मक शन्देश बाहिर जाने भन्दै यसमा सबै सजग हुनु पर्ने बताए । आफ्ना छोराछोरी निजि विद्यालयमा पढाएर अरुका छोराछोरी सरकारी सामुदायिक विद्यालयमा हाल्दिनु भन्दा शिक्षक, कर्मचारी, विद्यालय ब्यस्थापन समिति र शिक्षक अभिभाबक संघका पदाधिकारी र सदस्यहरुले नैतिक प्रश्नको सामना गर्नुपर्ने भएकाले यो बारेमा गम्भिर हुन आग्रह अध्यक्ष भट्टराईको थियो । त्यस्तै शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले नयाँ शैक्षिक शत्रलाई विद्यालयको मुहार फेर्ने वर्षकारुपमा लिई सामुहिक रुपमा अघि बढ्नु पर्ने बताए । उनले आफ्नो छोरीलाई निजि बोर्डिङमा पढाउन सक्ने आफ्नो राम्रो आर्थिक अबस्था हुँदा हुँदै पनि विद्यालयको शैक्षिक अबस्था माथी उठाउन माध्यामिक विद्यालय सौंडियारमा भर्ना गरेको र आफुले बच्चा हाल्दा समुदायका अन्य ब्यक्तिले पनि बिश्वास गरेर बच्चा दिने आधार तय गर्न भुमिका खेलेको चर्चा गरे । अग्रेजि मिडियममा विद्यार्थीको आकर्षण बढेकाले यसलाई थप ब्यबस्थित बनाउदै लैजानु पर्ने भन्दै शिक्षक र कर्मचारीले अनिबार्य रुपमा आफ्ना बालबच्चा विद्यालयमा पढाउनु पर्ने बताएका थिए । विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलिले शिक्षक र कर्मचारिका छोराछोरीले सामुदायिक बिद्यालयमा पढाउदा सकारात्मक शन्देश प्रबाह हुने भन्दै यसलाई कार्यान्वयनमा लैजाने बताएका थिए । उनले भर्ना अभियानको क्रममा गाडिको सुबिधा लिने विद्यार्थीहरूको तथ्याङ्क संकलन गरिने भन्दै गाडिको सुबिधा आउनासाथ आफ्नो बच्चा माबी सौंडियारमा पढाउने प्रतिबद्धता ब्यक्त गर्दै विद्यालयमा कार्यरत अन्य शिक्षक र कर्मचारीलाई बच्चा विद्यालयमा अनिबार्य रुपमा पढाउन आग्रह गरेका थिए । त्यस्तैगरी शैक्षिक सत्र २०८१ मा प्ले ग्रुपदेखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको निमित्त प्रअ वलिले जानकारी दिएका थिए । अघिल्लो वर्षदेखि क्रमश शैक्षिक सुधारका अभियान सञ्चालन हुँदै आएको र कक्षा उन्नती प्रकृया९परिक्षामा स्वतह पास हुने अबस्था अहिलेदेखि रोकिएको पनि शिक्षक अभिभाबक संघका अध्यक्ष कुवरले बताएका थिए । अन्य सरकारी विद्यालयहरु भन्दा फरक तरिकाले अध्यापन तथा व्यवस्थापन गरेकाले पनि यो बर्ष बिद्यार्थी थपिने निमित्त प्रअ वलिले बिश्वास ब्यक्त गरे । नयाँ शैक्षिक शत्रलाई लक्षित गरेर गणित र बिज्ञानलाई लक्षित गर्दै निजि स्रोतमा शिक्षकको बिज्ञापन गर्ने र रिक्त लेखापालमा पनि बिज्ञापन गर्ने बिब्यसले निर्णय गरेको छ । साथै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगसँगै जीवनउपयोगी, व्यवहारिक शिक्षामा समेत ध्यान दिएको वलिको भनाई छ । सो अवसरमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका वलिलाई विद्यालय ब्यस्थापन समितिका अध्यक्ष भट्टराई, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर, निबर्तमान प्रअ ज्ञानेन्द्र गौतम सहित विद्यालय ब्यस्थापन समितिका सदस्य, शिक्षक अभिभाबक संघका सदस्य, शिक्षक तथा कर्मचारीहरुले सामुहिकरुपमा टिकासहित फुल माला लगाईदिएर बधाई सहित कार्यकाल सफलताको कामना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds