दोर्ण के.सी
तुलसीपुर १ असोज । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपकरण खरिद गर्नु ठुलो कुरा होईन तर उपकरणहरू खरिद गरिसकेपछि मर्मत गर्न थाहा पाउनु क्ठुलो कुरा हो । तर स्वास्थ्य मन्त्रालयले उपकरणहरू खरिद त गर्दछ तर उपकरणलाई मर्मत भने गर्न थाहा पाउँदेन यसप्रति स्वास्थ्य मन्त्रालय गम्भिर हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँ भन्नुहुन्छ अस्पतालमा सीटी स्क्यान मेसिन र ३ वटा डाइलासिस मेसिन बिग्रिएर थन्किएको महिनौँ समय बितिसक्यो स्वास्थ्य मन्त्रालयबाट नत यो मर्मतका लागि चासो दिएको छ समेत मर्मतका लागि कुनै पहल भएको छ नत गर्न नै सक्दैन भन्ने कुरा आएको छ यसप्रति मन्त्रालय गम्भिर बन्नु पर्ने मेयर खड्काले बताउनु भएको हो । राप्ती प्रादेशिक अस्पतालको स्वास्थ्य सेवा सम्बन्धी वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले भन्नुभयो,–‘‘मृगौला पीडित २६ जना बिरामीहरू डाइलासिस गर्ने पालो कहिले आउला भनेर छटपटाउँदै बस्दै गरेका छन् । सीटी स्क्यान मेसिन बिग्रिँदा नागरिकहरूले ठुलो सास्ती बेहोर्नु परेको छ,–’ स्वास्थ्य मन्त्रालयले नयाँ खरिद गर्न थाह पाउँछ, तर मर्मत गर्न थाह पाउँदैन । किनकी त्यहाँबाट आउँदैन उहाँले भन्नु भयो ।’झण्डै ५ महिनादेखि बिग्रीएका सीटी स्क्यान मेसिन र डालाइलासिस मेसिनको मर्मतका लागि करिब एक करोड २५ लाख लाग्ने भएपछि ती उपकरण त्यतिकै थन्क्याइएको छ ।

प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र लुम्बिनीले ३ करोड ८० लाख रुपैयाँमा सीटी स्क्यान मेसिन ५ वर्ष अघि अस्पतालमा पठाएको थियो । यता प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले ५० बेडको जनशक्तिले २ सय बेडको सेवा सुविधा दिइरहेको बताउनुभएको थियो । अञ्चल अस्पतालबाट स्तर वृद्धि गरेर प्रादेशिक अस्पताल बनाएका संगैका अन्य अस्पतालमा अनुदान र जनशक्ति व्यवस्थापन भइसक्यो, तर तुलसीपुरको प्रादेशिकमा बोर्ड फेरियो सेवा सुविधा फेरिएन । जसका कारण जनताले प्रादेशिक अस्पतालको सेवा खोज्छन् अवस्था जिल्ला अस्पतालको जस्तो छ ।’ मेसु अधिकारीले भन्नुभएको थियो । सो अवसरमा स्वास्थ्य निर्देशनालयका डा.अच्युत शर्मा, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसी, स्वास्थ्य कार्यालय दाङका किशोर आचार्य, लगायतले आ–आफ्ना भनाइ राख्नु भएको थियो । कार्यक्रममा अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले एक वर्षको अवधिमा ९२ हजार जनाले उपचार सेवा लिएको र ८१ प्रतिशत बिरामी निको भएर घर फर्किने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक धन बहादुर केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds