भोट माग्दै घरदैलो अभियानमा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरू

Byदोर्ण के.सी.

२७ फाल्गुन २०८१, मंगलवार १६:५० २७ फाल्गुन २०८१, मंगलवार १६:५० २७ फाल्गुन २०८१, मंगलवार १६:५०

थर्कोट समाचारदाता
तुलसीपुर २७ फागुन
तुलसीपुरमा रहेकोे तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको चुनावी रौनकता बढेको छ । यहि चुनावी रौनकतासँगैचैत २ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् । अध्यक्षका प्रत्यासी संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार मनोज लामिछाने सहित नेकपा एमालेका पुर्ब मन्त्री हिराचन्द्र केसी,नेकपा एमाले क्षेत्र नम्बर ३ का संयोजक मेघराज भुसाल, दाङ जिल्ला सचिव श्याम डागी, राप्रपाका नेता वंशी कुमार शर्मा, दिपक धिताल, खानेपानीका वर्तमान सचीव सेवकराम भण्डारी, ६ का वडा अध्यक्ष दुजमान भण्डारी (बर्षात) लगायतको उपस्थितिमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिईएको छ । एउटै ब्यक्ति पटकपटक नेतृत्वमा पुग्दा खानेपानीमा अराजकता निम्तने र स्वच्छ खानेपानी वितरणमा एकरुपता नआउने भन्दै समग्र खानेपानीको विकासका लागि आफ्नो उम्मेदवारी रहेको संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट उम्मेदवार बनेका लामीछानेले बताएका छन । धारामा पानी नआउने समस्या अन्त्य गर्न र निरन्तर स्वच्छ पानी वितरण गर्न आफ्नो उम्मेदवारी रहेकाले सबै उपभोक्ता मतदाताले संयुक्त लोकतान्त्रिक प्यानललाई विजयी गराउनेमा पूर्ण बिश्वस्त रहेको लामिछानेले घरदैलो कार्यक्रममा बताएका थिए । राप्रपा र एमाले सहितको संयुक्त लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष लक्ष्मण केसी, सचिवमा भुवन भुसाल, कोषाध्यक्षमा सुशीला न्यौपाने,सदस्यहरुमा पदम बहादुर खड्का,सुकण्ठ न्यौपाने९सुशील०, छमा भण्डारी, प्रमिला तिवारी, सुशीला वलि,सहित ९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds